Sunday, 6th September, 2026
वि.स.

सिँगारिदै शिखरकाेट, जात्राकाे तयारी

IMG_20230905_083238-1693882088.jpg

थाहा नगरपालिकाकाे शिखरकाेटमा कृष्ण जात्रा, घैँटो फुटाउने, लिटिल राधाकृष्ण प्रतियोगिता र लिटल लाखे प्रतियोगिताकाे तयारी गरिएकाे छ ।

आयाेजकले विभिन्न उपसमितिहरु गठन गरेर जात्राकाे भव्य तयारी थालिएकाे हाे । जात्राको तयारीस्वरुप अहिले शिखरकाेट बजार सिँगारिएकाे छ ।

हरेक बर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट थाहा नगरको मुख्य बजार शिखरकोटमा घैटो फुटाउने जात्रा, लिटल राधाकृष्ण र लिटल लाखे प्रतियोगिता हुने गर्दछ ।

२०५४ सालदेखि निरन्तर रुपमा शिखरकोट बजार ब्यबस्थापन समिती र शिखर क्लबको आयोजना तथा गोपाली गाउँकाे सहयोगमा आयोजना हुँदै आइरहेको २३ औं घैटो फुटाउने जात्रा भब्य र सभ्य रुपमा सम्पन्न गर्न मेला व्यवस्थापन उपसमिति समेत गठन गरिएको छ। यो बर्ष घैटो फुटाउनेसँगै बाल राधाकृष्ण प्रतियोगिता, बाल लाखे नाच प्रतियोगिता, तामाङ समुदायको ढ्याङ्ग्राे नाच प्रदर्शनी, गोपाली तथा पालुङकाे धिमे बाजासहित लाखे नाच समेत प्रदर्शन गरिने छ ।

त्यसैगरी महिला पञ्चेबाजा र महिला खैजडी भजन सहित डान्स समूहको सांस्कृतिक प्रस्तुतीसमेत रहने आयोजकले जनाएको छ।

आयाेजकका अनुसार २०भदाैमा कृष्ण मन्दिरमा पुजाआजासहित लिटल राधाकृष्ण प्रतियोगिता, लिटल लाखे, धिमे बाजा र तामाङ ढ्याङ्ग्राे झाँकी सहित पालुङको महिला पञ्चेबाजा र किटेनीको महिला खैजडी भजन हुनेछ ।

२१ भदाैमा डान्स कार्यक्रमसहित दिउँसो १ बजेबाट घैँटो फुटाउने प्रतियोगिता हुनेछ ।

 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif