Wednesday, 28th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

सागर लम्सालको कविता “बैंक बाट देखेको जिन्दगी”

51283415_1113623952177380-1566545184.jpg

सागर लम्साल, सिन्धुबिकास बैंक पालुङ शाखा
बैंक बाट देखेको जिन्दगी ।
लामो लाइन बाट सुरु भएको हरेक बिहान
अनि नोटको गर्मी बाट ढलेको त्यो शाम
कम्प्युटर को स्कृन सङ टकराउदै नयन
यहि नै हो त्यो स्थान बैंक यसको नाम।।

हरेक धर्म जाती एक समान
यहाँ साथी पनि बनी दिन्छन अन्जान
खुशी त यहाँ मिल्छ सबैलाई जसरी नै
चाहे त्यो गरिब होस वा धनवान् ।

वृद्धको लागि टेक्नी लौरि नौजवानको साथी
कसैको उपचार त कसैको बैशाखी
कसैको जन्म होस वा कसैको मृत्यु 
हर समय हरेक अवस्था यहि सहयात्री 

कसैको सपना पूरा गर्नी बाटो यहि बाट जान्छन
कसैले जीवन को खुशीको समय यहि बचाउछन
कति दुखित अनुहारमा खुसी मुसकुराउछ्न
बैक ढोका हो साथी जसले हाम्रो भबिश्य सुरक्षित बनाउछन

यो त समयले भनेको छ मैले जिन्दगी खोसेको छु 
मैले भेटेको छु यहि बाट फर्की जिन्दगी बद्लेको देखेकोछु
त्यो जसले जिन्दगी जिउन छोडिसकेको थिय
यहाँ आए देखि जिन्दगीको परिभाषा बदलेको भेटेकोछु ।।



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg