nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लिटिल संसार : सेन्ड्रिनालाई राधाको उपाधी, आरोनलाई कृष्णको

श्रीकृष्ण जन्माष्टमीको अवसरमा थाहानगरको शिखरकोटमा सम्पन्न लिटिल राधाकृष्ण प्रतियोगितामा सेन्ड्रिना केसीले राधाको उपाधी जितेकी छिन् भने आरोन केसीले कृष्णको उपाधी  हासिल गरेका छन् । राधाकृष्णको रुपमा विजयी उनीहरुले नगद रु. ५, ००० पुरस्कार जिते । 

प्रतियोगितामा राधातर्फ ऋषिका रायमाझी र अनुश्का गोपाली क्रमशः दोश्रो र तेश्रो हुन सफल भए भने कृष्णतर्फ सिद्धान्तराज बिष्ट र सम्भव लामा क्रमशः दोश्रो र तेस्रो भए । उनीहरुले क्रमशः रु. ३,००० र २,००० नगदसहित ट्रफी प्राप्त गरे । 

शिखरकोट बजार व्यवस्थापन समिति, शिखर क्लव, गोपाली समाज, नवजागृत पुस्तकालय  र दामन चेली समाजको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो ।

सुमित्रा केसी र ब्रम्हकुमारी सर्मिला प्रधान निर्णायक रहेको उक्त प्रतियोगितामा राधातर्फ १२ र कृष्णतर्फ २० जना बालबालिकाको प्रतिस्पर्धा रहेको थियो । बिजेता राधाको लागि प्रथम पुरस्कार अन्जल प्रधान, दोश्रो पुरस्कार रोहन कुमार सिंह र तेस्रो पुरस्कार ईश्वर कार्र्की (ॐ नमो नमः ट्रेडस)ले प्रायोजन गरेका थिए भने कृष्णको लागि प्रथम पुरस्कार नवीन रायमाझी , दोस्रो पुरस्कार राघवेन्द्र मिश्र (पुजा एग्रोभेट) तथा तेस्रो पुरस्कार हृदयकृष्ण रायमाझीले प्रायोजन गरेका थिए ।

विजयी बालबालिकाहरुलाई पुरस्कार र सहभागीहरुलाई लिटिल राधाकृष्ण गिफ्ट ह्याम्परसमेत वितरण गरिएको थियो । गिफ्टह्याम्पर र अर्वाडमा हिमालयन बोर्डिङ स्कूल, पालुङ मोडर्न इङ्लिस मिडियम स्कूल, पालुङ भ्याली हार्ट एकेडेमीले र श्री माइलस्टोन मन्टेश्वरीको प्रायोजन रहेको थियो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)