nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लाेभलाग्दाे डल-कुशन, थाहा-३ का महिलाकाे पाैरख

IMG_20230401_154751-1680343226.jpg

कुकुर अहिले नै भुक्लाजस्ताे, खरायाे दुलाे पसिहाल्लाजस्ताे अनि गणेश त गणेश भइहाले, मन्दिरमा भक्तालु कुरेर बसेजस्ताे ।

थाहा नगरपालिका-३ का महिलाहरुले यत्तिको आकर्षक डल बनाएकाेप्रति साेही वडाका वडाध्यक्ष्य हिरेन्द्रकुमार रायमाझीले  महिलाहरुकाे खुलेर प्रशंसा गरे । उनले अघि भने- 'सिक्दै बनाएकाे डल र कुशन त यति राम्राे, व्यवसायिक ढंगले बनाउँदा त अझ कति राम्रो हाेला' ।

रायमाझी १७ फागुनमा आयाेजित थाहा-३ का २२ जना महिलाहरु सहभागी डल-कुशन तालिमकाे समापन समाराेहमा उपस्थित थिए । महिलाहरुले व्यवसायिकरुपमा डल-कुशन निर्माण गरे बजारकाे लागि वडा कार्यालयले सहयाेग गर्ने वचन दिए । वडा अध्यक्षकाे कुरामा प्रशिक्षार्थी महिलाहरुले थपडी बजाए ।

बुटवलबाट आएकी सरिता थापाले थाहा-३ का महिलाहरुलाई १५ दिनसम्म डल-कुशन बनाउने तालिम दिएकी थिइन् । थाहा नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत तालिम दिएकाे हाे । तालिममा महिलाहरुले गणेश, खरायाे, कुकुर र टेडीकाे डल बनाउन सिकेका छन् भने दुईथरी फूल र प्रेम(मुटु)काे कुशन बनाउन सिकेका छन् ।

तालिम समापनमा महिलाहरुले बनाएकाे डल-कुशनकाे नमुना पनि राखिएकाे थियाे ।

महिलाहरुले बनाएकाे डल-कुशन हेरेर थाहा-३ का वडा सदस्य पवित्रा ठकुरी, सीताराम ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष ईश्वरबहादुर कार्की, उद्यम विकास सहजकर्ता सुनिता बुढा क्षेत्री र दिक्षा पाण्डे लगायतले तालिममा सहभागी महिलाहरु व्यक्तिगत तथा सामुहिकरुपमा व्यवसायी बन्नेमा विश्वास व्यक्त गरे ।

चालु वर्ष थाहा नगरपालिकाकाे ३ र ४ नं. वडामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा)  सञ्चालन भइरहेकाे छ । अहिलेसम्म ३ नम्बर वडामा अचार बनाउने तालिम र डल-कुशन बनाउने तालिम सकिएकाे छ भने सिलाइ-कटाइ र अल्लाेकाे कपडा बनाउने तालिम चलिरहेकाे छ । त्यस्तै थाहा-४ मा बाँस तथा निगालाेकाे हस्तकला सामग्री बनाउने तालिम सम्पन्न भइसकेकाे लघु उद्यम विकासका कार्यक्रम अधिकृत कुमार नेगीले जानकारी दिए । महिलाहरुले बनाएकाे बाँसकाे मुडा, र्याक, फाेटाे फ्रेम, कलमदानी, फूलदानी, अचार, डल र कुशन विक्रीका लागि थाहा-४ स्थित काेशेली घरमा राखिएकाे  छ ।

सीप सिकाइकाे क्रममा उत्पादन भएका सामग्रीको विक्रीमूल्यकाे ८० प्रतिशत उत्पादक महिलाले पाउनेछन् भने २० प्रतिशत नगरपालिकाकाे काेषमा जम्मा हुनेछ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)