Saturday, 27th July, 2024
वि.स.

लकडाउनले जुराएको प्रकृतिसंगको प्रेम सम्बन्ध
-गणेश बिष्ट

ganapateeeeee-1587530419.jpg

हामी प्राणी प्रकृतिका उपज हौं ।
हाम्रो रहनसहन, जिउने तरिका, अत्मियतामा प्रकृतिकै गुण निहित हुन्छ ।
प्रकृतिले हामीलाई जिउने नियम अनि जिवनभर संघर्ष गर्न सिकाउँछ । 

नमस्कार,
म गणेश बिष्ट ।
विश्व महामारीको चपेटामा पिल्सिरहेको अवस्थामा म भने प्रकृतिलाई आफ्नो साथी मान्दै भाईरससंग लड्ने क्षमताको विकास गर्दैछु । मलाई थाहा छ कि नेपाल पनि उच्च जोखिममा छ, दिनानुदिन संक्रमितको संख्या बढ्दै गएको छ । तै पनि यदि मरिनुनै छ भने मरीनै हालिन्छ, हाम्रो संयमता अनि धैर्यतालाई आत्मसाथ गर्दै समय व्यतित गर्ने माध्यम भने मेरो प्रकृतिनै बनेको छ ।

मेरो घर जंगलको बिचमा छ । म दैनिक जंगलको वरपर जान्छु अनि आफुलाई त्यहिं हराउन खोज्छु।  मेरो मन फुरुक्क हुन्छ जब म सुन्ने गर्छु ती चिरबिर चिरबिर चरिको आवाज जस्ले आनन्दित पारिदिन्छ । मेरो हृदय, म महसुश गरिरहेको हुन्छ ती सुन्दर फुलको सुभाषलाई जस्ले मेरो मस्तिष्कलाई आनन्दको आभाष दिलाउँछ । म हेर्ने गर्छु ती हिमदृष्यलाई जुन देख्ने बित्तिकै मेरो आँखालाई शितलताको आभाष दिन्छ । म स्पर्श गर्दछु ती पानिका थोपाहरुलाई जुन पानी छुँदा मलाई हिमालको नजिक पुगेको महसुश हुन्छ । हामीले यसरी नै आफ्नो जिवनलाई उर्जावान बनाउन जरुरी छ । 

जसरी हिउँदमा नांङ्गैै बिरुवाले बसन्तमा पालुवा आउने आशामा धैर्यताका साथ बाँचिरहेको हुन्छ ।हो, हामी पनि यसरी नै यो विषम परिस्थितिमा आफुमा भएको धैर्य शक्तिलाई विकास गरि रोग प्रतिरोधक क्षमता आफु भित्र गर्न गर्न जरुरी छ । विश्वव्यापी रुपमा माहामारीको रुपमा फैलदै गरेको यस कोरोना भाईरसबाट बच्ने अचुक औषधि भनेको आफु सुरक्षित बस्नु या घरमै बस्नु हो । यो संक्रमण बाट अन्य व्यक्तिको सम्पर्कमा नआउनुनै यस्को औषधि हो । त्यसैले म चाहिँ एक्लै जंगलमा प्रकृति संगै रमाउँदै यश भाईरसबाट बच्नका निम्ति सावधानी अपनाई रहेको छु ।  हजुर नि ?