Tuesday, 20th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

रोटरीको राम्रो काम : झम्केश्वरीका १४५ विद्यार्थीलाई ट्रयाकसुट

1706525086866-1706525931.jpg

रोटरी क्लव अफ मकवानपुरले थाहा नगरपालिका १ ओखरबजारस्थित झम्केश्वरी माविका एक सय ४५ जना विद्यार्थीहरुलाई  ट्रयाकसुट वितरण गरेको छ । १५ माघमा विद्यालयमा आयोजित एक कार्यक्रमबीच कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको हो । 
झम्केश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष प्रदिप प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष अन्जनीकुमार पराजुली, कार्यक्रम संयोजक रबिन्द्र अधिकारी, रोटरियनहरु अनिल अग्रवाल, मनोज ढोडारी, पवन तिमिल्सिना, पूर्णप्रसाद अर्याल, उमेश सिग्देल,  दामोदर पाठक, पालुङ जेसीजका अध्यक्ष निरज रायमाझी, महासचिब विक्रम गोपाली झम्केश्वरी मावि व्यवस्थापन समिति सल्लाहकार सुरेन्द्रमान प्रधान, थाहा नगरपालिका रोजगार संयोजक कुमार नेगीलगायतको उपस्थिति थियो ।
कार्यक्रममा रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष अन्जनी कुमार पराजुली, झम्केश्वरी  माविका सल्लाहकार सुरेन्द्रमान प्रधान, पालुङ जेसीजका अध्यक्ष निरज रायमाझी  लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष पराजुलीले बर्तमान चिसो मौसममा विद्यार्थीहरुलाई ट्रयाकसुट प्रदान गर्न पाउँदा खुशी लागेको बताए । त्यस्तै विद्यालय सल्लाहकार प्रधानले विद्यार्थीहरुलाई सहज ढंगले पढ्ने वातावरण बनाउन विद्यालय लागि परेको बताउँदै अन्ततः विद्यार्थीहरुको नतीजा नै महत्वपूर्ण हुनेमा जोड दिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप प्रधानले रोटरी क्लब अफ मकवानपुरलाई विशेष धनयवाद दिए ।  
कार्यक्रमका अतिथिहरुलाई विद्यालयका प्रधानाध्यापक गणेशमान श्रेष्ठले स्वागत गरेका थिए भने सहायक प्रधानाध्यापक प्रविण विष्टले कार्यक्रम सञ्चालन गरेका थिए । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg