nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

युएईमा स्वास्थ्य उपचारका लागि विदेशी र स्वदेशीबीच भेदभाव छैन
-सबिन उप्रेती

sabinaa-1587441281.jpg

सबिन उप्रेतीको तपाई सबैलाई नमस्कार । म युएई आबुदाबीबाट । मेरो घर चाहिँ थाहा नगरपालिका वडा नम्बर ३, मकवानपुरमा पर्दछ । अहिले संसार कोरोना भाइरस (कोभिड–१९) को चपेटामा छ । दैनिक संक्रमित संख्या र मृत्यु हुनेको संख्या हजारौमा छ । अझ बढिरहेको पनि छ । मेरो दैनिक सदा झै अघि बढिरहेको छ । प्राय जस्तो जुरुक्क उठ्ने बित्तिकै पहिलो सोचाई यहि कोरोनाबाट कसरी सजक हुने भन्नेमै केन्द्रित हुन्छु । बाथरुम जादा होस वा नास्ता गर्न जाँदा कोइ नभेटियोस भन्ने सोच सदैब रहिरहन्छ । मास्क, पन्जा, लागायर ड्युटी जाँदा गाडिमा जम्मा २ जना बस्दा पनि मनमा अनेकौ प्रश्न खडा हुन्छन् । ड्युटीका लागि पुग्यो, दैनिकी सुरु गर्यो, इन्टरनेटमा हेर्यो अपडेट भयो । घर संसार सम्झ्यो, छुट्यो रुम पुग्यो, नुहाइधुवाई, मेसमा खाना खान जाँदाको सुरक्षा, प्राय अनपढ मुस्लिम समुदायका मान्छे संग भेट, उनिहरुलाई सम्झाउँदा र उनिहरुको बेवास्ता, लापरबाही, सोसियल डिस्टान्स्को बारेमा हेल्चक्राई यो सबै देख्दै गर्दा अनेकौ सोच सगैको खानपान त्यत्ति प्राभाकारी नहुदो रहेछ । 

यहाँको सरकारले आफ्ना जनता र बाहिर देशका जनतामा केही फरक नगरी समान व्यवहार गरिरहेको छ । आइसोलेसन वार्ड होस कि हस्पिटल चेक जाँच होस, लोक्कल सो सरह हामीले उपचार पाएका छौ । यहाँ कसैलाई कोरोना संक्रमण भयको थाहा पाए ३/४ दिन आइसोलेसनमा राख्छ र अलि जटिल बन्दै गए हस्पिटलले लियर जान्छ ।  कोरोना भाइरसले देखाउने लक्षणहरुमा ज्वरो नभएको पाइएको छ ।

मुस्लिम सामुदायका मान्छेहरु भएको म बस्ने क्याम्प संक्रमण फैलिहाले जोगिन गारो छ । यसैगरी दैनिकी ब्यथित हुँदै आइरहेको छ, मेरो ।       युएईमा पनि अन्यत्र झै तिब्र गतिमा भाइरस संक्रमण फैलिरहेको छ । तर यहाँको सरकारले आफ्ना जनता र बाहिर देशका जनतामा केही फरक नगरी समान व्यवहार गरिरहेको छ । आइसोलेसन वार्ड होस कि हस्पिटल चेक जाँच होस, लोक्कल सो सरह हामीले उपचार पाएका छौ । यहाँ कसैलाई कोरोना संक्रमण भयको थाहा पाए ३/४ दिन आइसोलेसनमा राख्छ र अलि जटिल बन्दै गए हस्पिटलले लियर जान्छ ।  कोरोना भाइरसले देखाउने लक्षणहरुमा ज्वरो नभएको पाइएको छ । हामी कहाँ यहाँ ग्रुप च्याट मार्फत संक्रमितले भने अनुरुप ज्वरो बिल्कुल नदेखियको, हल्का सास फेर्न कठिनाई मात्र देखियो, संक्रमित नेपालीहरुमा ८० प्रतिशतमा ज्वरो नै नआइ संक्रमित भयको रहेछन । मतलब ज्वरो नआयको भएपनि संक्रमण भएको हुन सक्ने रहेछ भन्ने बुझियो ।

अबुधाबिको हकमा सबैले निःशुल्क टेस्ट गराउन पाउने भएकाछन् । ख्याल गर्नुपर्ने कुरा भनेकै कसैसंग नजिक नहुनु हो, साबुन पानीले दिनमा जति सक्दो धेरै पल्ट हात धुनु हो, मास्क प्रयोग गर्नु हो, सामाजिक दुरी बनाउन सकेम भने संक्रमण हुने ेसम्भावना ज्यादै कम हुन्छ ।सचेत बनौ सकेसम्म बचौ र बचाउ, जय नेपाल, धन्यवाद।