Tuesday, 17th March, 2026
वि.स.

युएईका लागि काउन्सेलर श्रमको लागि खुल्यो आवेदन

1902817382uae-1769332996.jpg

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युएईस्थित नेपाली राजदुतावासमा रिक्त रहेकोे काउन्सेलर श्रमका लागि आवेदन खुला गरेको छ । युएईमा कार्यरत काउन्सिलर दिपेन्द्र पौडेल अनियमितताकाे आराेपमा फिर्ता गरेपछि आवेदन माग गरिएको मन्त्रालयले जनाएको छ । 

काउन्सेलर (श्रम) पदमा नियुक्तिका लागि  मन्त्रालय र मन्त्रालय मातहत निकायमा कार्यरत योग्य उपसचिवहरूले आवेदन दिन पाउनेछन् । आवेदन दिन माघ १९ गतेसम्मका अवधि ताेकिएकाे छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनौट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड २०७३का आधारमा विदेशस्थित नेपाली कुटनीतिक नियोगमा रहने काउन्सेलर (श्रम) तथा श्रम सहचारीको नियुक्ति गर्ने गरेको छ ।