nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

म विदेशमा सुरक्षित छु, तपाईहरु पनि नेपालमा सुरक्षित बस्नुस् है
-सुजन रायमाझी

Sujanaa-1587440918.jpg

नमस्कार ।
म सुजन रायमाझी । म बिगत २ वर्षदेखि दुबई स्थित होटलमा कार्यरत छु । कोभिड–१९ को प्रकोपले गर्दा सरकारले अचानक हवाई विमान बन्द गरेको हुँदा यहाँ घुम्न आएका पर्यटक अन्त जान सकेका छैनन् । उनीहरुका लागि भएपनि होटल बन्द नगराई हामी सेवा दिइरहेका छौं । त्यसैले हामी स्टाफहरुको सुरक्षाको लागी होटलले यहि बस्ने व्यवस्था मिलाएको छ । सुरक्षित भएर म यहाँ काम गरिरहेको छु ।

सदा झै म बिहान उठेर आफ्नो नित्यकर्म गरेर ड्युटी जान्छु । आजभोलि होटलमै बस्ने हँुदा यातायातको झन्झट छैन । अन्जान मान्छेसंग हत्तपत्त सम्पर्क हुँदैन, यहाँ निकै सजगता अपनाइन्छ । कामको लोड पनि छैन । त्यसैले अलि फुर्सद पनि हुन्छ । यसबेलामा म देश विदेशको समाचार पढ्ने गर्छु। अनि कुनै जनचेतनामूलक समाचार छ भने आफू सतर्क भै अरु सामु पनि सेयर गरेर सतर्क गराउने कोसिस गर्ने गर्छु । अनि आफू जहिले मास्क पन्जा लगाएर ड्युटी गर्छु । जहाँ पाए हातले छँुदिन र अरुलाई पनि नछुन आग्रह पनि गर्छु। होटलमा कोहि भिजिटर, कुरियर डेलिभरी गर्ने मान्छे आउँदा दुरी बनाउदै उसको शरीरको तापक्रम जाँच गर्दै उसलाई मास्क पन्जा लगाइदिएर मात्र प्रवेश गराउँछु। अनि ब्रेक टाइममा आफ्नो घर परिवारसंग अनलाईन कल मार्फत सम्बाद गर्दै चिन्ता नलिन र आफ्नो सुरक्षा कसरी गर्ने भनेर आफुले जानेको सूचना दिदै सुरक्षित हुन आग्रह गर्छु। 

दैनिक रुपमा म आफू बसेको ठाउँको नयाँ सुचनामा ज्ञात हुन्छु। सरकार यो कोभिड–१९ संग लडिरहेको छ र हामीले कसरी साथ दिने भन्ने कुरा हेरेर पढेर आफू पनि यो महामारी विरुद्धको युद्धमा एउटा कुशल योद्धा बन्दै छु । अरुलाई पनि बन्न प्रयत्न गर्दै छु । यहाँ दिनहुुँ झन बढि प्रकोप बढिरहेको हुँदा हामी  अझ सतर्क छौ। होटलमा धेरै जसो अन्जान मान्छे आउने गर्दा हामी आफुले गर्न सक्ने सुरक्षा गरिरहेका छौ। यो महामारीको मुख्य दुश्मन सामाजिक दुरी नराख्नु भएको कारण यसलाई नाश गर्न दुरी कायम राखेको छौ र अरुलाई पनि राख्न सुझाब दिएको छौ। यहाँ सम्बन्धित निकाय एकदम प्रभावशाली भएको हुँदा चिन्तित हुने कुनै कारण छैन बस आफू कसरी बाच्ने र अरुलाई कसरी बचाउने भन्ने तिर ध्यान दिदै आफ्नो काममा निरंतरता दिएको छौ।

त्यसकारण `Prevention is better than cure´ भन्ने मुल मन्त्रको साथ आत्म बलसंगै हामी अगि बढनु पर्दछ। रोग लागेर निको पार्नु भन्दा रोग लाग्न नदिनु मुख्य कुरा हो। यदि हामीले सामाजिक दुरी बढाएर आफ्नो सरसफाईमा निरन्तर ध्यान दियौं भने यो महामारीको छिटो भन्दा छिटो अन्त्य हुन्छ भन्ने बिश्वास छ। धन्यवाद ।