nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर–२ : गठबन्धनका उमेदवारले आफैलाई भोट हाल्न पाउँदैनन्

makawanpur-2-candidate-1667316549.jpg

आउँदो  ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नं. २ का सत्ता गठबन्धनका ‘सबै पाहुना उम्मेदवार'ले आफैंलाई मतदान गर्ने छैनन् । प्रतिनिधिसभाका १ र प्रदेशसभाका दुबै उमेदवारले आफैंलाई मतदान गर्न नपाउने भएका हुन् ।

गठबन्धनका क्षेत्र नम्बर २ को प्रदेशसभा (क) की उम्मेदवार माओवादीकी केन्द्रीय सदस्य कुमारी मोक्तान र प्रदेशसभा (ख) का उम्मेदवार कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आफैंलाई मतदान गर्न पाउने छैनन् ।

क्षेत्र नम्बर २ का उम्मेदवार खतिवडाको नाम  क्षेत्र नम्बर १ अन्तर्गत हेटौंडा उपमहानगरपालिका–४ मा छ । उनको घरसमेत रहेको वडा नम्बर ४ स्थित भुटनदेवी मावि मतदान केन्द्रमा खतिवडाले मतदान गर्नेछन् ।

प्रदेशसभा उम्मेदवार बानियाँको मतदाता नामावली क्षेत्र नम्बर १ अन्तर्गत हेटौंडा उपमहानगर–१८ मा रहेको छ । बानियाँको गृह वडामा रहेको कमला निमावि मतदान केन्द्रमा उनले मतदान गर्नेछन् । अर्का प्रदेशसभा उम्मेदवार मोक्तानको मतदाता नामवलीमा नाम रहेको क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) मा मतदान गर्नुपर्ने हुन्छ । मोक्तानले हेटौंडा उपमहानगर–१३ को कालिका निमावि मतदान केन्द्रमा मतदान गर्नेछिन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)