nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

भूकम्प पीडितलाई सहयाेग गर्न पालुङ जेसीजकाे अपिल

IMG_20231105_163434-1699181517.jpg

जाजरकोट भूकम्पका पीडितहरुको लागि नेपाल जेसीजले थालेको राहत संकलन अभियानमा पालुङ जेसीज पनि सक्रिय रुपमा सहभागी हुने भएको छ ।

पालुङ जेसीजले १९ कात्तिकमा एक सूचना जारी गर्दै पीडितहरुलाई राहत, उद्धार र घाइतेहरुको उपचारको लागि आवश्यक सहयोग गर्न सबैमा अपिल गरेको छ ।

पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो भन्ने जेसीजको मूल मर्मलाई आत्मसात गर्दै बिपतमा परेका नागरिकहरुलाई सहयोग गर्न सम्पूर्णमा अनुरोध गरे ।

पालुङ जेसीज बर्ष २०२३ मा स्थापना गरेको बिपत राहत कोषमा जम्मा भएको रकम र स्थानीय स्तरमा संकलन गरिएको रकम नेपाल जेसीज मार्फत भूकम्प प्रभावित क्षेत्रमा पठाइने कोषाध्यक्ष माधव कार्कीले बताए ।

सहयोग गर्न चाहनेहरुले मोबाईल नं. ९८५५०६९७३६ मा इ-सेवा वा खल्ती मार्फत् रकम जम्मा गर्न सकिने महासचिव सञ्जय गोपालीले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)