nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भूकम्पपीडितलाई सहयोग गर्न गोगनेमा साँस्कृतिक कार्यक्रम

मकवानपुरको गोगने गाविसमा नवगठित गोगने स्मार्ट यूथ क्लवले भुकम्पपीडित विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । गोगने गाविस वडा नंम्बर १ मा क्रियाशील क्लबले स्थानीय ४ जना भुकम्पपीडित विद्यार्थीहरुलाई एक वर्षभरी पुग्ने कापी, कलम, सिसाकलम, स्कुल ब्याग, ज्यामिति बक्सलगायतका शैक्षिक सामाग्री प्रदान गरिएको क्लवका अध्यक्ष रुपक कालिराजले जानकारी दिए ।

पीडित बालबालिकाहरुलाई शैक्षिक सामाग्रीले राहत पुग्ने विश्वास लिएको क्लवका अध्यक्ष कालिराजले बताए । नवगठित क्लबको शुरुवातीको कार्यक्रम भएको बताउदै आगामी दिन समाजलाई हित हुने काम गर्दै जाने उनको भनाई थियो । कार्यक्रमका प्रमुख अथिति समेत रहेका स्थानीय समाजसेवी तथा निर्मल हेल्थ क्लिनिकका प्रोपाइटर निर्मल तिमल्सिनाले क्लबले समाज परिवर्तनप्रति देखाएको चासो र गाँउमा युवा एक भई नयाँ कार्य गर्नु सकरात्मक भएको बताए । पछिल्लो समयमा यूवाहरु कुलतमा फसिरहेको अवस्थामा क्लबले छोटो अवधिका नमुना कार्य गरेको भन्दै ८ हजार नगद सहयोग गर्नु गरे ।  उनले क्लबलाई सहयोग गर्दे अघि बढ्ने प्रतिवद्धता जनाए ।  
 
सांस्कृतिक तथा चिठ्ठा कार्यक्रमको समेत आयोजना गरिएको सो कार्यक्रममा चर्चित स्थानीय गायक मुक्तीनाथ उप्रेति, दिपराज केसी, दिपक कालिराज, स्थानिय तथा थाहाकला केन्द्रका कलाकारहरुले गायन तथा नृत्य, हाँस्य व्यांग्य प्रहशनलगायत बेजोड प्रस्तुती दिएको उपाध्यक्ष बालकुमार कार्कीले जानकारी दिए ।

कार्यक्रममा थाहा कला केन्द्रको प्रस्तुती मन पराएर प्रमुख अथिति तिमल्सिनाले ५ हजार सहयोग गरेका थिए । क्लबका अध्यक्ष रुपक कालिराजको सभाध्यक्षतामा भएको कार्यक्रममा सचिव कृष्ण गोलेले स्वागत गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि संघ संस्थाका प्रतिनिधि, अभिभावक, विद्यार्थीलगायतको उल्लेख्य उपस्थित रहेको थियो ।

-रुपक कालीराज