nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

फाखेलमा मितेरीको १० औं वार्षिक साधारण सभा सम्पन्न 

download-(1)-1474160651.jpg

उत्तरी मकवानपुरको फाखेल ८ मा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष राधा सिङ्तानको प्रमुख आतिथ्यता तथा मितेरी बचत तथा ऋण सहकाी संस्थाको अध्यक्ष शान्तलाल लामाको सभाध्क्षतामा साधारण सभा भएको हो । 
साधारण सभाले कोषाध्यक्ष विष्णु महर्जनको आर्थिक प्रतिवेदन, लेखा संयोजक मधुकर कार्कीको लेखा प्रतिवेदन अध्यक्ष शान्तलाल लामाको प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष ०७३÷०७४ को नीति तथा कार्यक्रम गरेको छ । मितेरी बचत तथा ऋण सहकाी संस्थाले यो वर्ष ३ करोड ६० लाख ५५ हजार १ सय ८७ रुपैया ३ पैसा कारोबार गरेको सभामा जानकारी गराइएको थियो । 
संस्थाले १३ प्रतिशत शेयर धनीलाई शेयर बपत लाभांश दिने निर्णय गरेको छ । कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट भएका व्यक्तिहरुलाई सम्मान पत्र तथा प्रशंसा पत्रद्धारा सम्मान गरिएको छ । सम्मानित हुनेमा एसएलसीमा फाखेलबाट उत्कृष्ट नतिजा ल्याउन सफल सुस्मा नगरकोटी, अभिभावक गणेश नगरकोटी, उच्च माध्यमिक तहमा उत्कृष्ट नतिजा ल्याउन सफल सारिका लामा, अभिभावक लोकसिंह लामा, उत्कष्ट बचतकर्ता हरिकुमार लामा, उत्कृष्ट बाल बचत कर्ता सन्ध्या लामा, जेष्ठ शेयर सदस्य सोमलाल बलामी, असल ऋणी ठूलो कान्छा वाईवा, उत्कृष्ट बचत समूह महाचुनी बचत समूह फखेल ९, उत्कृष्ट शेयर खरिदकर्ता अम्रित कुमारी थिङ, उत्कृष्ट विषयगत शिक्षक ढुन्डीराज अधिकारी लागयत ११ जनालाई सम्मान गरेको थियो । 
संस्थाका सचिव नेत्र बहादुुर गोलेले सञ्चालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष धनराज महर्जनले स्वागत गरेका थिए ।
-जनक लामा /थाहानगर