nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ क्याम्पसमा स्ववियु निर्विरोध, प्रमाण–पत्र प्रदान

sapath-grahan-1679213356.jpg

पालुङ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि गठित निर्वाचन समितिले ५ चैत्रमा एक कार्यक्रम आयोजना गरी निर्विरोध रुपमा निर्वाचन सम्पन्न भएको घोषणा गरेको छ ।

निर्वाचन समितिले आगामी कार्यकालका लागि निर्वाचित स्ववियु पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुका साथै पद तथा गोपनियताको सपथ समेत गराएको छ ।

पालुङ बहुमुखी क्याम्पसमा प्रत्यक्षतर्फ अध्यक्षमा पुस्कल श्रेष्ठ, सचिवमा दिलिप रुम्बा, कोषाध्यक्षमा आयाम नापित र  सदस्यहरुमा मेनुका देउला, मोणिका खत्री र पुष्पा कार्की निर्विरोध निर्वाचित भएका छन् भने समानुपातिकतर्फ सविता केसी, रोशनी गोपाली, नविना अधिकारी, सुस्मिता श्रेष्ठ र पुष्पा पाख्रिन निर्वाचित भएका छन् । निर्वाचितहरुलाई क्याम्पस प्रमुख राजन मिश्रले प्रमाण–पत्र प्रदान गरेका थिए भने निर्वाचन अधिकृत कुमार नेगीले पद तथा गोपनियताको सपथ गराएका थिए ।

सो अवसरमा निर्वाचन समिति सदस्य हरिकृष्ण कार्की, क्याम्पस सञ्चालक समिति सदस्य मनोज अधिकारी, निवर्तमान स्ववियु सभापति मुकेश गोले लगायतले बधाइ मन्तव्य व्यक्त गरेका थिए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)