nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ क्याम्पसमा शुभकामना कार्यक्रम, साहित्यकार बिर्खे अञ्जानलाई सम्मान

samman-photo-1681363231.jpg

पालुङ बहुमुखी क्याम्पसमा नव वर्ष २०८० को शुभकमना, प्रथम वर्षका विद्यार्थीलाई स्वागत, चौंथो वर्षका विद्यार्थीलाई विदाइ तथा साहित्यकार सम्मान कार्यक्रम एक साथ सम्पन्न भएको छ ।

विहीबार बिहान क्याम्पसको सभाहलमा कार्यक्रम सपन्न भएको हो । क्याम्पस प्रमुख राजन मिश्रको अध्यक्षता तथा सञ्चालक समितिका कोषाध्यक्ष बिमलकुमार ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि ढकालले शुभकामना दिँदै क्याम्पसको शैक्षिक गणुस्तरमा विद्यार्थीहरुको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रममा बोल्दै उनले क्याम्पसमा अनुकूल प्राध्यापनको वातावरण भएर पनि विद्यार्थीहरु अनियमित हुँदा यसले समग्रमा उत्तरी मकवानपुरकै उच्च शैक्षिक जनशक्ति उत्पादनमा प्रभाव पर्ने औँल्याए ।

क्याम्पस प्रमुख मिश्रले प्राध्यापक र विद्यार्थी दुबैमा इमानदारिता, जवाफदेहिता र उपयुक्त संस्कारको विकास गरेर क्याम्पसलाई अब्बल बनाउन आग्रह गरे । उनले अबका दिनहरुमा क्याम्पसले आयोजना गर्ने कार्यक्रमहरुमा सबै विद्यार्थीहरुको उपस्थितिलाई अनिवार्य गरिने बताए ।

कार्यक्रममा क्याम्पस प्रध्यापक संघका इकाइ अध्यक्ष प्रकाश पौडेलले नव वर्ष २०८० को शुभकामना दिँदै जीवन र जगत परिवर्तनका लागि उद्यमशीलतामा जानुपर्ने बताए । उनले शिक्षाभन्दा ठूलो अरु नरहेको विद्यार्थीहरुलाई स्मरण गराए ।

सो अवसरमा साहित्यकार लक्ष्मण बर्तौला ‘विर्खे अञ्जना’ लाई दोसल्ला, कदरपत्र र नगदसहित सम्मान गरिएको थियो । दर्जनौँ पुस्तक लेखन÷सहलेखन गरिसकेका थाहा नगरपालिका वडा नंं ३ निवासी अञ्जानलाई क्याम्पसको पूर्व विद्यार्थीसमेत रहेको र साहित्य क्षेत्रमा निरन्तर लागेर अतुलनीय योगदान गरेको भन्दा क्याम्पसले सम्मान गरेको हो । कार्यक्रममा उनले अवसान सपना शीर्षकको कवितासमेत वाचन गरेका थिए । 

सोही अवसरमा हालै नेपाल पब्लिक क्याम्पस संघको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित पालुङ क्याम्पसका प्रमुख राजन मिश्रलाई सम्मान गरिएको थियो । क्याम्पसमा प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई स्ववियु अध्यक्ष पुस्कल श्रेष्ठले खादा र टीका लगाएर स्वागत गरेका थिए भने चौँथो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरेर क्याम्पस प्रमुख मिश्रले विदाइ गरेका थिए । 

कार्यक्रममा सहायक प्राध्यापक रामहरि अधिकारी र हरिकृष्ण कार्कीले गहकिला कविता वाचन गरेका थिए । 

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)