nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

नेपाल आए एटीएम ह्याकर समूह, राजधानीका अधिकांश एटिएम सर्बर ह्याक भए

दरबारमार्गबाट एटीएम ह्याक गरी पैसा चोर्दा चोर्दै पक्राउ परेका पाँच चिनियाँ शुक्रबार मात्र नेपाल आएको खुलेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले नेपाल आएको दोस्रो दिनमै उनीहरु एटीएम ह्याक गर्न हिडेँको देखिएको छ। 

शनिबार मध्यराति नबिल बैंकको एटीएमबाट अनाधिकृत रुपमा रकम निकालेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। चिनियाँ गिरोहले योजनाबद्ध तवरले एटिएम ह्याक गरेर पैसा लुट्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। प्रहरीले उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद गरेको सुवेदीले बताए। 

पक्राउ परेका उनीहरुलाई प्रहरी परिसर टेकुमा राखिएको छ। प्रहरीले समयमै पक्राउ नगरेको भए करोडौं रुपैयाँ बाहिर जान्थ्यो। एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने समूहविरुद्ध काठमाडौं प्रहरीले विशेष अपरेसन चलाएको थियो। सुवेदीका अनुसार राजधानीका अधिकांश बैंकका एटिएम सर्बर ह्याक भएका छन्।

स्रोतः अन्नपूर्ण पोष्ट