nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

दुम्सिखर्कबाट १५१५ किलाे गाँजा र हतियारसहित ५ जना पक्राउ

IMG_20230225_210737-1677338475.jpg

प्रहरीले मकवापुरको कैलाश गाउँपालिका—६ दुम्सिखर्कबाट १५१५ किलो गाँजा र र १३ किलो चरेससहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  ७६ वर्षीय जीतबहादुर मोक्तान, २८ वर्षीय विजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२ वर्षीय शिखर घले छन् । उनीहरुको साथबाट भरुवा बन्दुक र पेस्तोल पनि बरामद गरिएको छ ।

कैलाश गाउँपालिकाको दुम्सीखर्कस्थित ७६ वर्षीय जीतबहादुरको घर तथा गोठ खानतलासी गर्दा प्रहरीले हतियारसहित १५१५ किलो गाँजा, १३ किलो चरेस र पेस्तोलमा लाग्ने ६ राउन्ड गोली पनि फेला पारेको थियो । प्रहरीले मोक्तानको गोठबाट गाँजा च्याप्ने काठको फर्मा १ थान, तराजु १ थानसहित गाँजा बनाउन प्रयोग गरिने सरसामान बरामद गरेको प्रहरी उपरीक्षक वामदेव गौतमले बताए ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक केशरकुमार न्यौपानेको कमाण्डमा खटिएको विशेष प्रहरी र इलाका प्रहरी कार्यालय पालुङबाट शुक्रबार खटिएको संयुक्त टोलीले मोक्तानको घर, गोठमा छापा मारेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)