nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा फिल्म फेस्टिभल उद्घाटन, थाहाका कलाकारहरु सम्मानित

403719117_127112691691014-1700953862.jpg

बागमती प्रदेशको थाहा नगरपालिकालाई मिनि फिल्म सिटी बनाउने उदेश्यका साथ ९ मंसिरबाट थाहा नगरपालिकामा ‘थाहा फिल्म फेस्टिभल’ सुरु भएको छ । जेसिज हलमा सुरु भएको फिल्म फेस्टिभलको उद्घाटन गर्दै बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले फेस्टिभलले थाहाको पर्यटन प्रर्वद्धनको साथै मिनि फिल्म सिटी निर्माणको उदेश्य पुरा हुने बताए ।

काठमाण्डौँसँग सिमाना रहेको थाहा नगरपालिका प्राकृतिक तथा सास्कृतिकरुपमा धनी भएको भन्दै मन्त्री चित्रकारले सरकारले फिल्म उद्योगलाई ब्यवस्थित बनाउँदै फिल्म सिटीको अवधारणा अनुसार काम गर्नुपर्नेमा जोड दिए । उनले भने ‘ हामीले भारतको फिल्म उद्योग भन्नेवित्तिकै मुम्बईलाई सम्झन्छौ, त्यहा ठुला फिल्मसिटिहरु निर्माण भएका छन, हामीले नेपाली चलत्रिको विकासको लागि नेपालमा पनि यस्ताखाले फिल्म सिटिको अवधारणालाई अघि सार्नुपर्छ, त्यसको लागि थाहा नगरपालिका उपयुक्त स्थल हो । ’

सोही अवसरमा थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले पालिकाले कृषि, पर्यटन, कला र मनोरञ्जनको क्षेत्रको विकासका लागि गतिविधि गर्दै आएको बताए । उनले थाहा नगरपालिकाले आन्तरिक आय र आर्थिक विकासका लागि पर्यटन प्रवर्धनका थुप्रै ‘इभेन्ट’ हरु सञ्चालन गरिरहेको उल्लेख गरे । 

कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीको सभाध्यक्षता रहेको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तान, थाहा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हेरमान गोपाली, वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, फ्लोरिकल्चर एसोसिएसनका मिनबहादुर तामाङ, आयोजक समितिका सहसंयोजक राजीवकुमार स्याङ्तान, नेकपा माओवादी केन्द्र थाहा नगर समिति अध्यक्ष विनोदकुमार लामा, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्कीलगायतले थाहा नगरको कला, संस्कृति र पर्यटन क्षेत्रको विकासका बारेमा चर्चा गर्दै फिल्म फेस्टिभलको सफलताको शुभकामना व्यक्त गरेका थिए । 

फेस्टिभलको उद्घाटन समारोहमा थाहा नगरपालिकामा जन्मेर नेपाली कलाकारिता क्षेत्रमा योगदान दिएका कलाकारहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा विजयश्याम अमात्य, बाबुसाहेब बलामी, वीरमान स्याङ्तान र केशव सापकोटा रहेका छन् । 

थाहाको पर्यटन र सास्कृतिक पक्ष समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको उक्त कार्यक्रममा फेस्टिभललाई सहयोग पु¥याउने दर्जनौँ संस्था तथा व्यक्तिहरुलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो । सो अवसरमा इन्डोनेसियन कलाकारदेखि नेपाली चलचित्रका निर्माता र निर्देशकहरुको समेत उपस्थिति रहेको थियो । 

फेस्टिभल १५ मंसिरसम्म जारी रहनेछ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)