nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वमा जेसीजका ७ जना पूर्व अध्यक्ष

IMG_20230911_193205-1694440208.jpg

२३ भदौमा थाहानगर उद्योग वाणिज्य संघको निर्वाचन भयो । निर्विरोधरुपमा नयाँ नेतृत्व चयन भएको निर्वाचन अधिकृत विवेक मानन्धरले घोषणा गरे ।

संघको नव निर्वाचित कार्यसमितिका अध्यक्षदेखि सदस्यसम्मको सूची हेर्दा अधिकाँश जेसीज पृष्ठभूमिको देखिएको छ । व्यक्तित्व, नेतृत्व र भातृत्वको नारा बोकेको जेसीजबाट उदय भएको नेतृत्व थाहानगर उद्योग वाणिज्य संघको सदस्यमा मात्र होइन, पोर्टफोलियोमा नै स्थान जमाउन सफल भएको देखिन्छ । २२ सदस्यीय कार्यसमितिमा ७ जना पालुङ जेसीजका पूर्व अध्यक्षहरु रहेका छन् ।

थाहानगर उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्ष पुरुषोत्तम ढकाल पालुङ जेसीजको संस्थापक अध्यक्ष हुन् । सन् २००० मा हेटौँडा जेसीजको मातृत्वमा पालुङ जेसीज स्थापना हुँदा ढकाल अध्यक्ष रहेका थिए । संघको वाणिज्यतर्फका उपाध्यक्ष सुरेन्द्रमान प्रधान पालुङ जेसीजको सन् २०१० को अध्यक्ष रहेका थिए भने महासचिब जर्मलाल श्रेष्ठ र कोषाध्यक्ष प्रदिप प्रधान पालुङ जेसीजको क्रमशः २०१५ र २०१४ का अध्यक्ष थिए ।

संघको सदस्यमा निर्वाचित अञ्जल प्रधान, धर्मलाल प्रधान र जयराम खत्री पनि पालुङ जेसीजको पूर्व अध्यक्ष हुन् । उनीहरु क्रमशः २०१७, २०१२ र २०२२ मा पालुङ जेसीजका अध्यक्ष रहेका थिए ।

७ जना पूर्वअध्यक्षहरुसँगै पालुङ जेसीजको उपाध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र विभिन्न मनोनित पदहरुमा भूमिका निर्वाह गरिसकेका व्यक्तिहरु थाहनगर उद्योग वाणिज्य संघको पदाधिकारी तथा सदस्यमा निर्वाचित भएका छन् । संघको वरिष्ठ उपाध्यक्ष शम्भुसिं कार्कीसहित सदस्यहरु निरोज प्रधान, विक्रम केसी, सुमन विष्ट, सुविन्द्रमान प्रधान, आरती श्रेष्ठ, श्रीराम कार्की, सानुकाजी गाेपाली, हरेराम कार्की लगायत पालुङ जेसीजको विभिन्न पदमा रहेका थिए ।

संघको यसअघिको कार्यसमितिमा पनि जेसीजको नेतृत्व सम्हालेका व्यक्तित्वहरुको भारी उपस्थिति रहेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)