nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा सातदिने प्लम्बिङ तालीम शुरु

सामुदायिक विकास केन्द्र नेपाल (सिसिडिएन) को आयोजनामा थाहानगरको थानाबजारमा सात दिने आधारभूत प्लम्बिङ तालीम शुरु भएको छ । भूकम्प प्रभावित क्षेत्रको लागि मध्येनजर गरेर शुरु भएको तालीमको थाहा नगरपालिकाका कार्यकारी अधिकृत भीम परियारले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै कार्यकारी अधिकृत परियारले सीप सिके आफ्नो लागि ठूलो सहयोग मिल्ने बताउँदै आत्मनिर्भर र आम्दानीको बाटो खुल्ने बताए । अधिकृत परियारले सीप सिकेर दक्ष बन्न आग्रह गर्दै नगरमा पुर्ननिर्माण हुने २,९७२ घरमा सिपलाई अधिक्तम प्रयोग गर्न सकिने बताए । उनले सिप सिकेको नगरपालिका अभिलेख राखी उनीहरुको परिचालनमा समेत आवश्यक समन्वय गर्ने उल्लेख गरे ।

तालीममा दामन, पालुङ, बज्रवाराही र चित्लाङका तीसजनाको सहभागिता रहेको छ । तालीमका सहभागीहरुलाई शम्भु आचार्यले सहजीकरण गरिरहेका छन् । थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेल लगायतकाको आतिथ्य रहेको तालीम उद्घाटन कार्यक्रममा सहभागी तथा अतिथीहरुलाई सिसिडिएनका सवइन्जिनयर गोपाल  भट्टराईले स्वागत गरेका थिए । 

आइसीसीओ कोअपरेशनको सहयोगमा शुरु भएको तालीम उद्घाटन कार्यक्रम सिसिडिएनका सामाजिक परिचालक शिव रुम्बाले संचालन गरेका थिए । ससिडिएनका  संस्थापक तथा मकवानपुर कार्यक्रम संयोजक जगत बजगाईको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संस्थामा आवद्ध सामाजिक परिचालकहरुको समेत उपस्थिती रहेको थियो ।