nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका साहित्यकार अन्जानलाई हेटाैडामा सम्मान

FB_IMG_1696210108523-1696210276.jpg

थाहानगरका प्रख्यात साहित्यकार बिर्खे अन्जानलाई सम्मान गरिएकाे छ । साहित्य संगम मकवानपुरले हेटाैडामा आयाेजित एक कार्यक्रममा अन्जानलाई सम्मान गरेकाे हाे ।

अन्जानसहित मकवानपुरका ९ जना स्रष्टालाई सम्मान प्रदान गरिएकाे आयाेजकले जानकारी दिएकाे छ । २०७९ सालमा साहित्य तथा अन्य विधामा पुस्तक प्रकाशन गरेका मकवानपुरे ९ जना स्रष्टालाई संगमले हेटौंडामा सम्मान गरेको हो । संगमको ३ सय ३५ औँ साहित्य सन्ध्यामा उनीहरु सम्मानित भएका हुन् ।

'कठघरामा देश’ का सर्जक बिर्खे अन्जान, 'छेलिएका अनुहार’ पुस्तकका लेखक प्रताप विष्ट, ‘शिक्षकको भाषा’ का लेखक छवि अनित्य, ‘छैनौ कसोरी तिमी’ का लेखक पुरुषोत्तम आचार्य, ‘मानचित्रमा देश’ र ‘अक्षर आराधन’ का लेखक मसान उपासक, ‘खुसी’ लघुकथा सङ्ग्रहका लेखक किशन पौडेल, कविता सङ्ग्रह ‘तिलगंगा गोविन्द’ का लेखक सुभाषचन्द्र पौडेल, ‘कोरिएका धर्साहरु’ कविता सङ्ग्रहका लेखक ऋत्विक केबी, र 'अभियुक्त समय’ कविता सङ्ग्रहका लेखक समर्पण न्यौपाने सम्मानित भएका हुन् ।

अन्जान थाहानगरमा बसेर साहित्य सृजना गरिरहेका छन् । फराकिलो सोचका साथ सृजना गर्नसक्ने अन्जान यसअघि पनि पटकपटक सम्मानित भइसकेका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)