nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाका नगरप्रमुख विष्टले भेटे प्रधानमन्त्री, चन्द्रागिरी सडकबारे छलफल

1694681511848-1694681585.jpg

चित्लाङ–चन्द्रागिरी–थानकोट गणेशमान सिंह मार्गको स्नतरोन्नति गर्न पर्याप्त बजेट बिनियोजन लगायतको विषयलाई लिएर थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले २८ भदौमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।

बागमती प्रदेश सरकारका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानसँगै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थाहा नगरपालिकाका प्रमुख विष्टले संघीय सरकारले गणेशमान सिंह मार्गलाई आर्थिक बर्ष २०८०÷०८१ को बजेट र नीति तथा कार्यक्रममा प्राथमिकतामा नपारेको गुनासो गर्दै थाहानगरमात्र नभएर मकवानपुर र चितवन जोड्ने छोटो मार्ग भएकोले पर्याप्त बजेट व्यवस्था गर्न ध्यानाकर्षण गराए । 

थाहा नगरपालिकाका निवर्तमान प्रमुख लवशेर विष्ट र नेकपा माओवादी केन्द्र बागमती प्रदेश समिति सदस्य इन्द्रबहादुर श्रेष्ठ पनि टोलीमा सहभागी थिए । टोलीले अर्थमन्त्री प्रकाशशरण महतसँग पनि भेट गरेको छ । 

भेटघाट र छलफलपछि नगरप्रमुख विष्टले चन्द्रागिरीको सडक स्तनोरन्नतिका लागि प्रधानमन्त्री र अर्थमन्त्री दुबै सकारात्मक रहेका बताए । 

भेटमा प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री महतले यही बर्ष चित्लाङ–थानकोट सडकलाई बजेटको सुनिश्चितता गर्ने प्रतिवद्द्ता जनाएको नगरप्रमुख विष्टले जानकारी दिए ।

यसअघि २७ भदौमा टोलीले भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग पनि भेट गरेको थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)