nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

त्रिभुवन राजपथमा खाल्डैखाल्डा

ROAD-1556773116.jpg

सडक कतै धसिएको छ । कतै खाल्डाखुल्डी । त्रिभुवन राजपथमा पछिल्लो समय याक्रा जोखिमयुत्त बन्दै गएको छ । राजमार्गका धेरै ठाउँमा ठुल्ठूला खाल्डाखुल्डी छन् । समयमै मर्मत सम्भार नभएकाले यात्रा गर्नै डर मर्नु भएको छ । राजमार्गको विभिन्न भागमा सडक भासिएको छ ।

कैयौं ठाउँमा स–साना सवारीको टायर पुरिने खाल्डा छन् । पिचको नामनिसानै छैन । चुनिया सिमभन्ज्याङ खण्डको लामीडाँडामा सडक भासिएर आउजाउमै समस्या भएको छ । राजमार्गको तल्लो र माथिल्लो भागमा डोजर लगाएर गाउँतिरको ट्र्याक खोलेका कारण सडक धसिनुको साथै पुरिएको छ । राजपथको तल्लो र माथिल्लो भागमा डोजर लगाएर मोटरबाटो बनाउने प्रवृक्तिले जोखिमयुत्त बन्दै गएको छ । केही महिनाअघिसम्म त्रिभुवन राजपथको भैंसेदेखि नौबिसेको सोप्याङसम्म सडकको दुरावस्था थियो । डिभिजन सडक हेटौंडाले भैसेदेखि लामीडाँडासम्म मर्मत ठेक्का दिएको थियो । निर्माण कम्पनीको सुस्तताका कारण काम अझै बाँकी रहेको सडक विभाग हेटौंडाका सूचना अधिकारी जयराम अधिकारीले बताए ।

‘राजमार्गलाई चार खण्डमा विभाजित गरेर मर्मतसम्भार गर्न तीन खण्डको ठेक्का दिइसकेका छौं,’ अधिकारीले भने, ‘२ खण्डमा काम भइरहेको छ, एक खण्डको काम छिटै सुरु हुन्छ, अर्को खण्डको काम गर्न बजेटको अभाव छ ।’ थाहा नपाको पालुङ–सिमभन्ज्याङ खण्डको मर्मतसम्भार र कालोपत्रे गर्ने कार्य भइरहेको छ । पालुङबाट दामन टावरसम्म काम सम्पन्न भइसकेको छ भने टावरवाट सिमभन्ज्याङसम्म मात्र बाँकी छ ।’

सिमभन्ज्याङदेखि लामीडाँडासम्मको २३ किलोमिटर लामो रहेको उक्त सडकको मर्मतसम्भार कार्य हुन सकेको छैन । राजमार्गमा रहेका खाल्डाखुल्डी पुर्न, धसिएको सडकमा ‘लिटेनिङवालहरू’ लगाउन र कालोपत्रे गर्न गौरीपार्वती केएन निर्माण कम्पनीलाई सडक विभागले करिब ३ करोडमा ठेक्का दिइसकेको छ,’ सडक विभागका इन्जिनियर अधिकारीले भने, ‘उक्त कम्पनीले अब छिटै नै सिमभन्ज्याङबाट काम सुरु गर्छ ।’
उक्त राजपथको पालुङदेखि दामेचौरसम्मको १८ किलोमिटर मोटरबाटो सबैभन्दा बढी खाल्डाखुल्डी भएको र कालोपत्रेको नामनिसानै छैन । उक्त खण्डको मर्मतसम्भारका लागि सरकारले बजेट नै विनियोजन गरेको छैन । सडक विभाग हेटौंडाले उक्त खण्डको मर्मत सम्भार गर्न संघीय सरकारसँग २५ करोड रुपैयाँ माग गरेको थियो । ‘सरकारले एक रुपैयाँ पनि रकम विनियोजित नगरेकाले मर्मतसम्भार गर्न सकेका छैनौं,’ अधिकारीले भने, ‘गत आर्थिक वर्ष र यो आवमा पनि बजेट माग गर्‍यौ तर पाउन सकेनौं, भैंसेदेखि पालुङसम्म मर्मतसम्भार कार्य हुन्छ तर पालुङदेखि दामेचौरसम्म बजेटको अभावले मर्मतसम्भार हुँदैन ।’

सबैभन्दा बढी यही सडक खण्ड बिग्रेको छ । नारायणघाट–मुग्लिङ सडकको विस्तारको समयमा सवारीसाधन आवतजावत गर्न रोक लगाएकाले त्रिभुवन राजपथमा सवारीसाधनको चाप परेकाले सडक क्षतविक्षत् भएको हो । दैनिक ४० देखि ५० वटा सवारीसाधनहरू आवतजावत गर्ने उक्त सडकमा नारायणघाट–मुग्लिङ सडक विस्तारका कारणले बन्द गरेपछि त्रिभुवन राजपथमा दैनिक एक हजारभन्दा बढी सवारीसाधनहरू चल्ने गरेका थिए । ‘पुरानो र साँघुरो सडकमा सवारीसाधनको चाप परेकाले सडक भासिनु र खाल्डाखुल्डी हुनु स्वाभाविकै हो,’ डिभिजन सडक कार्यालयका एक प्राविधिकले भने, ‘६३ वर्षको पुरानो सडकले धन्न हजारौं गाडीको चाप धान्यो ।’ 

मुलुकको सबैभन्दा जेठो र भरपर्दो त्रिभुवन राजपथ संघीय सरकारबाट उपेक्षित हुँदै आएको छ । सरकारले यो राजपथलाई आवश्यक पर्ने बजेट नै विनियोजन गर्दैन, यसलाई प्राथमिकतामा राख्न छाडेको छ,’ सडकका एक इन्जिनियरले भने, ‘यो दुःख परेको बेलामा राजधानीका बासिन्दाको प्राण धान्ने मार्ग हो ।’

राजमार्गको सडक मात्र होइन, पुलहरू पनि जोखिमयुक्त छन् । राजमार्गमा पर्ने २० वटा पुलमध्ये सामरी र भैंसेको पुलबाहेक १८ वटा पुलहरू जोखिमयुक्त रहेका छन् । ‘ती सबै पुलहरूको तत्कालै मर्मत गर्नुपर्ने छ,’ इन्जिनियर अधिकारीले भने, ‘पुलहरूको मर्मतसम्भारका लागि गत वर्ष नै बजेट माग गर्दै विभागमा पत्र पठाएका थियौं, अहिलेसम्म सुनुवाइ भएको छैन, पुल भाँचिएर धनजनको क्षति भएपछि मात्र सुनुवाइ हुन सक्छ ।’

काीनतपवुरबाट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)