Friday, 25th September, 2026
वि.स.

झम्केश्वरी माविमा शिक्षककाे जागिर खुल्याे

IMG_20230307_224428-1678208277.jpg

गणित मूल  विषय लिई स्नातक तह उत्तीर्ण गरेकाहरुका लागि थाहा नगरपलिका ओखरबजारकाे झम्केश्वरी माविमा शिक्षक पदमा जागिर खुलेकाे छ ।

उक्त विद्यालयले ५ चैतसम्मकाे म्याद दिएर मावि तहकाे गणित शिक्षक पदका लागि दरखास्त दिन सूचना जारी गरेकाे छ । करारसूचीमा रहेकाेलाई विशेष प्राथमिकता दिने उल्लेख गर्दै सूचनामा दरखास्तवाला २१ वर्ष पूरा भई ४० वर्ष ननाघेकाे हुनुपर्ने जनाइएकाे छ ।


विद्यालयले मावि तह गणित शिक्षककाे लागि दाेस्राेपटक विज्ञापन गरेकाे हाे । पहिलाेपटक प्रकाशित सूचना अनुसार दरखास्त प्राप्त भई परीक्षा लिँदा कुनै पनि उमेदवार उत्तीर्ण हुन नसकेकाे विद्यालयले जनाएकाे छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०