nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चित्लाङ-थानकोटसहित अध्ययनको चरणमा छन् १६ सुरुङमार्ग

Tannel-1571631911.jpg

सडक मार्गलाई छोट्याउन र सहज बनाउन नेपालमा सुरुङमार्गको प्रयोग १०३ वर्षअघि मकवानपुरको चुरियामाई सुरुङमार्ग बनाइएको थियो । अमलेगञ्ज–हेटौंडा सकडखण्डमा राणाहरुले बनाएको ७ सय मिटरको सुरुङमार्ग अहिले भग्नावशेष मात्र बाँकी छ । सन् १९१७ पछि यो प्रविधिलाई नेपालले कहिल्यै निरन्तरता दिएन । तर, एक शताब्दी बितेपछि सरकारले सोमबार अर्को सुरुङमार्ग बनाउन सुरुआत गर्दैछ काठमाडौं भित्रिने नाका नागढुंगामा ।

जापान सरकारको १६ अर्ब सहुलियतपूर्ण ऋणमा बनाउन लागिएको सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रम छ । योजनाअनुसार काम भए जापानी कम्पनी हाज्मा आन्दो जेभीले साढे ३ वर्षमा यो सुरुङमार्ग सरकारलाई हस्तातरण गर्नेछ र, नागढुंगाको जाम हट्नेछ ।

जताततै सुरुङमार्ग:

र, योजनाअनुसार काम भयो भने सिस्नेखोला–सतुंगल सुरुमार्ग ‘टनेल प्रविधि’को सुरुवात मात्र हुनेछ ।

किनकी यसबारे काठमाडौं निजगढ द्रुतमार्गका तीन सहित १६ वटा सुरुङमार्ग अध्ययनका चरणमा छन् ।

नेपाली सेनाले निर्माण जिम्मा लिएको द्रुतमार्गमा तीन वटा सुरुङ बनाउन टेन्डर आह्वान गर्ने तयारी भइरहेको छ । भदौ पहिलो साता स्वीकृत डीपीआरअनुसार महादेवडाँडामा ३।३५५ किलोमिटर, धेद्रेमा १।६३० किलोमिटर र लेनडाँडामा १।४३० किलोमिटर लामो सुरुङ बनाइनेछ ।

असोज चौथो साता चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा काठमाडौंबाट चिनियाँ नाका रसुवासम्म जाने सडकमा सुरुङमार्ग बनाउन अध्ययन गर्ने समझदारी भएको छ । यो समझदारीअनुसार टोखा–छहरे–गुर्जुभञ्ज्याङ र बेत्रावती–रसुवागढी ९घट्टेखोला० सुरुङमार्ग बनाउन अध्ययन गरिनेछ ।

चिनियाँ प्राविधिक नेपाल आएर अध्ययन गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता तथा सहसचिव राजेश्वर ज्ञावालीले जानकारी दिए । टोखा–छहरे–गुर्जुभञ्ज्याङ करिब ५ किलोमिटर र बेत्रावती–रसुवागढी ९घट्टेखोला० करिब २४ किलोमिटरको सुरुङ बन्ने अनुमान छ ।

सडक विभागले पनि विभिन्न स्थानमा सुरुङमार्ग बनाउन अध्ययन गर्दैछ । ‘सुरुङमार्ग विकास कार्यक्रम’ नै बनाएको विभागले अध्ययनका लागि मात्र यो वर्ष ५९ करोड रुपैयाँ बजेट छुट्याइएको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए ।

सिद्धार्थ राजमार्गको सिद्धबाबामा सुरुङमार्ग बनाउन स्वीस सरकारले अध्ययन सकाएर रिपोर्ट दिइसकेको छ । अब स्रोत जुटाएर १।२४ किमि लम्बाइको यो सुरुङमार्ग बनाउन थाल्ने योजना बनेको विभागका प्रवक्ता सापकोटाले बताए । उनले भने, ‘अब छिट्टै यसको निर्माण थाल्न सकिनेमा विश्वस्त छौं ।’

स्वीस सरकारले नै गणेशमानसिंह मार्गमा पर्ने थानकोट–चित्लाङ सुरुङमार्गको पनि अध्ययन गरिरहेको छ । मकवानपुरको थाहा नगरलाई जोड्ने यो सुरुङमार्ग बनेमा पालुङ भएर हेटौंडा जाने त्रिभुवन राजपथको दूरी छोटिनेछ ।

यस्तै पूर्व–पश्चिम राजमार्गको नवलपरासीको दाउन्ने उकालो, पोखरा–बागलुङ राजमार्गको हेम्जा–नयाँपुल, कुलेखानी–भीमफेदी र बेत्रावती–रसुवागढी ९घट्टेखोला० सुरुङमार्गको पूर्वसम्भाब्यता अध्ययन रिपोर्ट आइसकेको छ ।

खुर्कोट–सिन्धुली, दोलखाको लामाबगर र टोखा–छहरे–गुर्जुभञ्ज्याङको सुरुङमार्गको पनि प्रारम्भिक चरणको अध्ययन सकिएको छ ।

बीपी राजमार्गको खुर्कोट–चियाबारी खण्ड पनि सम्भाब्य सुरुङमार्गको अध्ययन गर्ने भनेर छानिएको छ । यो सुरुमार्गको अनुमानित लम्बाई ५ देखि साढे ६ किलोमिटर छ । यो खण्डमा सुरुङमार्ग बनाउँदा घुम्तीयुक्त र दुई लेनमा पनि विस्तार गर्न नसकिने खण्डलाई सुरुङले कभर गर्नेछ ।

दोलखाको लामाबगरमा बन्ने सुरुङमार्ग साँढे १ देखि साढे ३ किलोमिटरहको हुनेछ । यो सुरुङमार्ग तामाकोसी आयोजना रहेको स्थानभन्दा पारिबाट उत्तरदक्षिण लोकमार्गलाई लक्षित गरी बनाउन लागिएको हो ।

नवलपरासीको दाउन्नेमा बन्नेसुरुङमार्ग ५ देखि ६ किलोमिटरको हुने अनुमान छ । अप्ठ्यारो भूगोलमा कारण बुटवल–नारायणगढ सडकखण्ड ४ लेनको बनाउँदा यो खण्डमा तीन लेनमा मात्रै विस्तार गर्न लागिएको छ । यो अप्ठ्योरो उकालोमा सुरुङ बनाउने योजना बनाइएको हो । पोखरा–बागलुङ सडकमार्गको हेम्जा–नयाँपुल सुरुङमार्ग ७ देखि साढे ८ किमिको हुने अनुमान छ ।

कुलेखानी–भीमफेदी सुरुङमार्गको लम्बाइ भने ३ किलोमिटरभन्दा बढी हुनेछ । काठमाडौंबाट कुलेखानी हुँदै हेटौंडा जाने सडकको यो खण्ड विस्तारका लागि भौगोलिक कठिनाइ रहेकाले सुरुङमार्गको योजना अगाडि सारिएको हो, जसलाई बनाउन प्रदेश ३ सरकारले पनि चासो देखाएको छ ।

कोटेश्वरको जाम कम गर्न काठमाडौंमा कोटेश्वर–जडीबुटी सुरुङमार्ग बनाउने जापानले अध्ययन गरिरहेको छ । काठमाडौंको बानेश्वरमा अन्डरपास तथा कैलालीको खुटिया–बीपीनगर–दिपायल खण्ड र ललितपुरको गोदाबरी–काभ्रेको मानेचौर जोड्ने सुरुङमार्गको पनि विभागले अध्ययन गर्दैछ ।

निजी क्षेत्रले अघि सारेको हेटौंडा–काठमाडौं सुरुङमार्ग भने लगानी जुटाउन नसकेर अलपत्र जस्तै भएको छ ।

अध्ययनमा रहेका सुरुङमार्ग:

१.सिद्धबाबा

२.थानकोट–चित्लाङ

३.कुलेखानी–भीमफेदी

४.कोटेश्वर–जडीबुटी

५. टोखा–छहरे–गुर्जुभन्ज्याङ

६. नयाँ बानेश्वर अन्डरपास

७. बेत्रावती–स्याफ्रुबेसी ९घट्टेखोला०

८. गोदाबरी–मानेचौर

९.बुटवल–नारायणगढको दाउन्ने उकालो

१०.कैलालीको खुटिया–बीपीनगर–दिपायल

११.हेम्जा–नयाँपुल

१२.दोलखाको लामाबगर

१३. खुर्कोट–चियाबारी

१४. फास्ट ट्रयाक (महादेवडाँडा धेद्रे र लेनडाँडा) अध्ययनको चरणमा छन् १६ सुरुङमार्ग

-रवीन्द्र घिमिरे, अनलाइनखबरबाट साभार



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)