nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चित्र मार्फत किशोरकिशोरीहरुले गरे बालविवाह नगर्ने प्रतिवद्धता

मकवानपुर छतिवनका ३० जना किशोरकिशोरीहरुले ३ दिने बालविवाह विषयमा भित्ते चित्र कथालेखन सम्बन्धीे तालिम लिए पश्चात् प्रशिक्षक भएका छन् । सिविन बाल हेल्पलाइन नेपाल तथा गाउँ बालसंरक्षण समिति छतिवनको सहकार्यमा संचालन भएको उक्त तालिमा बुद्ध किशोरी समुह, बुद्ध बालक्लव तथा चुरे संरक्षण बालक्लवका किशोर किशोरीहरुकोे  सहभागिता रहेको बाल हेल्पलाइनले जनाएको छ ।

तालिममा सहभागी किशोरीहरुले यस तालिमबाट बालविवाहका नकारात्मक पक्षहरुलाइ चित्रद्धारा प्रतिविम्वित गराउन सक्ने भएको, आफुहरुले बालविवाह समेत नगर्ने प्रण गरेको, आफुले सिकेको कुरालाइ समुदायमा पुर्याइ वालविवाह बारे सचेतना फैलाउने बताए । सहभागिहरुले ३ दिनमा तयार पारेको बालविवाह सम्बन्धि चित्र कथा छतिवनको हात्तीसुडेको विभिन्न स्थानमा प्रर्दशन गरेका थिए । उक्त प्रदर्शन गरिएको चित्रकथामा बालविवाहका नकारातमक असरहरु , बालविवाह गर्नु कानुन विपरित भएको एवं वालविवाह गरेका ब्यक्तिहरुको दुखदाहि जीवन समेटेको बुद्ध युवा क्लवका अध्यक्ष विजय थिङले वताए ।

उनीहरुले तयार पारेको चित्र कथामा बालविवाह गर्नाले किशोर किशोरीको विकासमा अवरोध पारेको, परिवारमा विचलन आएको , किशोरीहरुले शारिरीक तथा मानसिकरुपमा हिंसा समेत सहन परेको विषयलाइ चित्रण गरेको र सो विषयलाइ समुदायमा समेत पुर्याउने पहल गरिएको सिविन बालहेल्पलाइनका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिए । कार्यक्रमको सहजीकरण काठमाण्डौबाट आउनु भएका सन्तोष महर्जनले गर्नु भएको थियो ।