Sunday, 17th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

डुबिकिन तिम्रा गितमा, गाउन मन लाको छ
गित जस्तै तिम्रो मनमा, धाउन मन लाको छ!!


कस्तो सम्योग भैदियो, तिम्रो मेरो मिलनको
जुनिभरि तिम्रै साथमा, छाउन मन लाको छ!!


अजम्बरि तिम्रो माया, पाउन मन लाको छ
तिम्रै घरको सङ्घारमा, आउन मन लाको छ!!


लगाइसके चुरा धागो, अरु सोर्ह सिङार
अब बाकी चिम्टी सिन्दुर, लाउन मन लाको छ !!


-सर्वदा  अधिकारी