nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

क्षेत्रीय नृत्यमा मनहरीको युनिभर्सल प्रथम

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मकवानपुरले १२ कात्तिकमा आयोजना गरेको मकवानपुरको पश्चिम क्षेत्र निजी विद्यालयहरुको नृत्य प्रतियोगितामा मनहरी ३ स्थित युनिभर्सल लर्निङ एकेडेमी प्रथम भएको छ ।

मनहरी ४ स्थित युनाइटेड इंग्लिस सेकेन्डरी बोर्डिङ स्कूलमा आयोजित प्रतियोगितामा युनाइटेड इंग्लिस सेकेण्डरी बोर्डिङ स्कूल दोस्रो स्थान  र मेरीगोल्ड टाइनिटस इंग्लिस स्कुल तृत्तीय स्थान हासिल गरेका थिए । त्यसैगरी मनहरी बिलिभर्स इंग्लिस स्कुल र रेड एन्जल एकेडेमी सान्त्वना भएका थिए । 

बिजयी विद्यालयहरुलाई प्रमुख अतिथि शिक्षासेवी गौरीशंकर लामा, व्याव्सन मकवानपुरका अध्यक्ष मदनकुमार दाहाल, सचिव बिनोद सुवेदी लगायतले पुरस्कार, प्रमाणपत्र, शिल्ड बितरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले यस्ता प्रतियोगिताहरुले बालबालिकाहरुको प्रतिभा विकास गर्नका लागि सघाउ पुग्ने बताए । बिशेष अतिथि रहेका प्याब्सन मकवानपुरका अध्यक्ष दाहालले आफूहरुले गरेको लगानी सही ठाउँमा भएको भन्दै शिक्षा क्षेत्रमा गरिएको व्यक्तिगत लगानीले सामाजिक फाइदा पुगेको औँल्याए । कार्यक्रममा सचिव बिनोद सुवेदीले कार्यक्रमको बारेमा प्रस्ट्याएका थिए भने युनिभर्सल लर्निङ एकेडेमीका अध्यक्ष शिवकुमार काशीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा प्याब्जसनका जिल्ला पदाधिकारीहरु, इलाका प्रहरी कार्यालय, स्थानीय सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि तथा अभिभावकहरु, शिक्षक र विद्यार्थीहरुको सहभागिता थियो । 

पश्चिम मकवानपुरलाई लक्षित गरी प्याव्सन मकवानपुरले हरेक बर्ष नृत्य प्रतियोगिता आयोजना गरिरहेको छ । गतबर्ष प्याब्सनकै आयोजनामा युनिभर्सल लर्निङ एकेडेमीमा नृत्य प्रतियोगिता भएको थियो । अर्काे बर्ष फरक विद्यालयले नृत्य प्रतियोगिता आयोजना गर्नेछन् । मनहरीमा ५ वटा निजी विद्यालयहरु रहेका छन् ।