nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कोरियाको मेलामा मकवानपुरे किवीको प्रबद्र्धन

MCCI-1474555038.jpg

दक्षिण कोरियाको चाङवाङ शहरमा भइरहेको माईग्रेण्ट एरिराङ मल्टि कल्चर फेष्टिभल–२०१६ मा भाग लिन मकवानपुरका तीन व्यवसायी ६ असोजमा दक्षिण कोरिया प्रस्थान गरेका छन् । फेस्टिबल ४ असोजदेखि १६ सम्म संचालन हुनेछ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत र कार्यसमिति सदस्य उज्वल चौलागाई त्यस तर्फ प्रस्थान गरेका हुन् । नेपालको तर्फबाट एउटा स्टल मात्र रहने सो प्रदर्शनीमा मकवानपुरे व्यवसायीले नेपालको प्रतिनिधित्व गर्ने संघका अध्यक्ष न्यौपानेले बताए । महोत्सवमा एक गाउँ एक उत्पादन अन्तर्गत मकवानपुरमा उत्पादन भएको किवीको बजारीकरण, स्थानीय हस्तकला, पर्यटन क्षेत्रको विकासका लागि आफूहरुभाग लिन गएको संघका महासचिव राउतले बताए । 
महोत्सवका अलावा स्थानीय वाणिज्य संघसँग भेटघाट र सहकार्य, मकवानपुरमा समेत सम्भावना रहेका उद्योग कलकारखानाको अवलोकन गर्ने कार्यक्रम रहेको संघका सदस्य चौलागाईंले बताए । दक्षिण कोरियामा रहेका नेपालका यज्ञराज सुवेदी र रमेश उप्रेतीको विशेष पहलमा नेपालले सो महोत्सवमा आफ्नो प्रतिनिधित्व गराउन सकेको हो ।