nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कक्षा ११ को परीक्षा असारमा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा तालिका पछि सारेको छ । स्थानीय तहको निर्वाचनका कारण परीक्षा सारेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका कार्यकारी निर्देशक डिल्लीराम रिमालका अनुसार अब कक्षा ११ को परीक्षा असार १ देखि ११ गतेसम्म हुनेछ । यसअघि वैशाख २४ देखि ११ कक्षाको जाँच हुने भनिएको थियो ।

कक्षा १२ को परीक्षा तालिका भने चुनावका कारण प्रभावित नहुने रिमालले बताए । उनले भने(कक्षा १२ को परीक्षा पूर्व निर्धारित मितिभित्रै सकिन्छ । कक्षा ११ को चाहिँ चुनावका कारण प्रभावित हुने भएकाले सारिएको हो ।’

कक्षा १२ को परीक्षा वैशाख १० देखि २२ सम्म तय भएको छ । सरकारले स्थानीय चुनावको मिति वैशाख ३१ गते तोकेको छ