nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एमाले मकवानपुरकाे अधिवेशन : १०५ का लागि २०० काे उमेदवारी, आज २४ पुसमा निर्वाचन हुँदै

270019654_130744259977240-1641610626.jpg

नेकपा एमाले मकवानपुरकाे १०५ सदस्यीय कमिटीका लागि २०० जनाले विभिन्न पदमा उमेदवारी दिएका छन् । २४ पुस विहान २ बजे प्रकाशित उम्मेदवारको नामावलीका अनुसार १०५ सदस्यीय जिल्ला कमिटीका लागि पदाधिकारीसहित २०० जनाको उम्मेदवारी परेको हाे । जसमा पदाधिकारीमा मात्र १५ जनाको उम्मेदवारी रहेको छ ।

२ जनाको अध्यक्षमा दाबेदारी रहँदा ४ जनाको लागि उपाध्यक्ष पदमा उम्मेदवारी परेको छ ।

एमाले मकवानपुरको जिल्ला अधिवेशन अन्तरगत आज २४ पुसमा मतदानको कार्यतालिका रहेको छ । अधिवेशनमा सर्बसम्मत हुन नसकेका पदमा आज मतदान हुने निर्वाचन समितिले जनाएको छ । मतदान भने आज दिउसोबाट सुरु हुने भएको छ । अधिवेशनको कार्यतालिका अनुसार अध्यक्षमा एकालाल श्रेष्ठ र बद्री लम्सालका वीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरिसकेको छ ।

अधिवेशन अघि एमाले मकवानपुरले सदस्यता संख्याको आधारमा जिल्लाको स्थानीय तहहरुलाई जिल्ला सदस्यको संख्या छुट्याएको छ । कमिटीमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका भित्रका १० जना जिल्ला सदस्यमा पर्ने भएका छन् । ६ जना खुल्लाबाट र ४ जना महिला अनिवार्य गरेर १० जना पर्ने भएका हुन् ।

यसैगरि जिल्लाको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका र पूर्वमा पर्ने बकैया गाउँपालिका भित्रका ६/६ जना पर्ने भएका छन् । जसमा ४ जना खुल्लाबाट र २ जना महिला अनिवार्य रहेको छ ।

यसैगरि जिल्ला सदस्यमा जिल्लाको मनहरी, कैलाश, बागमती, भीमफेदी र राक्सिराङ गाउँपालिकाबाट ५/५ जना पर्ने भएको छ । जसमा खुल्लाबाट ४/४ जना र महिला अनिवार्यबाट एकएक पर्ने भएका छन् । यसैगरि जिल्लाको मकवानपुरगढी र ईन्द्रसरोबर गाउँपालिका भित्रका क्रमशः ४ जना र ३ जना पर्ने भएका जसमा एक एक जना महिला अनिर्वाय रहेको नेकपा  सचिब  श्रेष्ठले बताउनुभयो । ।

यसैगरि,जिल्ला कमिटीमा मजदुरबाट ४ जना खुल्ला र एक जना महिला गरेर ५ जना,पेशागतबाट १ जना खुल्ला र एक जना महिला गरेर २ जना,दलित २ जना खुल्ला र एक जना महिला गरेर ३ जना, जनजाती, मुस्लिम र अल्पसंख्यकबाट ४ जना खुल्ला २ जना महिला गरेर ६ जना,अन्य खुल्ला १६ जना र महिला खुल्ला १४ जना  गरेर १ सय ५ जनाको जिल्ला कमिटी बन्न लागेको एमाले मकवानपुरले जनाएको छ । १ सय ५ सदस्सीय कमिटीमा एमाले मकवानपुरले ३३ प्रतिशत महिला सदस्यताको सुनिश्चिता गरेको नेकपा एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठले बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनपछि सबै जिल्ला कमिटीको अधिवेशन अन्तरगत मकवानपुरको अधिवेशन पनि आज र भोली हुन लागेको हो । । महाधिवेशनपूर्व तोकिएको एकै दिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको एमाले अब जिल्ला र प्रदेश अधिवेशनका लागि जुटेको हो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)