nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

आज पालुङकाे दशैँघरमा बाजागाजासहित फूलपाती भित्र्याइँदै

थाहानगरस्थित पालुङ सहरको ऐतिहासिक दशै घरमा आज यस वर्षको फूलपाती भित्र्याइँदै छ । आग्राबाट फूलपाती ल्याएर थाहानगरको पालुङ स्थित दशै घरमा फूलपाती भित्र्याउने परम्परा छ ।

परम्परा अनुसार आग्राको चल्तीबाट अर्याल थरका पुजारीले पालुङको मत्स्यनारायणसम्म बेलपत्र सहितको फलपाती ल्याउँछन् । त्यहाँबाट स्थानीय मगर कर्ताहरुले पालुङको फूलपाती चौरसम्म बाजागाजासहित ल्याउने परम्परा छ । डोलीमा राखेर हर्षोल्लासका साथ ल्याइने फूलपातीले थाहानगरमा दशैं आएको संकेत गर्दछ ।

फूलपाती चौरमा ल्याइएको फूलपातीलाई पूजाविधि अनुसार शुभ साइतमा बली दिने चलन छ । यस अवसरमा नगरप्रमुखकाे उपस्थितिमा ताेप पड्काएर हर्षबढाइ गरिन्छ । त्यसपछि पालुङको दशै घरमा फूलपाती भित्र्याउने चलन छ । साे अवसरमा दशैमा घर फर्केकाहरुकाे विशेष जमघट हुने गर्दछ ।

पालुङस्थित दशै घरमा फूलपाती भित्र्याएपछि स्थानीयहरुले घरघरमा फूलपाती लगेर घर–घरमा लगि भित्र्याउने परम्परा छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)