nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अन्तर्राष्टिय ग्रामीण महिला दिवसमा विभिन्न कार्यक्रम सम्पन्न

अन्तर्राष्टिय ग्रामीण महिला दिवसको सन्दर्भमा ५ कात्तिकमा पदमपोखरीमा र्याली र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्टिय ग्रामीण महिला दिवसको अवसरमा जिल्लामा सञ्चालन भइरहेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मकवानपुर महिला समूहले पदमपोखरी कल्याणटारमा यस्तो कार्यक्रमको आयोजना गरेको हो ।
सन् २००७ मा संयुक्त राष्ट्रसंघको महासभाले गरेको निर्णय अनुसार सन् २००८ देखि हरेक वर्ष अक्टोबर १५ का दिन अन्तर्राष्टिय ग्रामीण महिला दिवस मनाउने गरिएको हो । कार्यक्रममा मकवानपुर महिला समूहकी सचिव कमला सुवेदी, कार्यक्रम संयोजक निशा लामा, महिला अधिकार मञ्चकी जिल्ला अध्यक्ष निर्मला भ्लोन लगायतले अन्तर्राष्टिय ग्रामीण महिला दिवसको महत्व र यसलाई दिवसको रुपमा मनाउनुको सार्थकत बारे स्पष्ट पारे । 
विश्व जनसंख्याको एकतीहाई हिस्सा ग्रामीण महिलाको छ । ति ग्रामीण महिला जीविकोपार्जनका लागि प्राकृति स्रोत र कृषिमा निर्भर रहेका छन् । ४३ प्रतिशत ग्रामीण महिलाले कृषि मजदुरको रुपमा काम गर्ने गरेको संयुक्त राष्ट्रसंघको तथ्यांक छ ।
ग्रामीण महिलाले परिवारका लागि चाहिने खाद्यन्नको उत्पान तथा त्यसको व्यवस्थापन गर्ने भएकाले खाद्य सुरक्षाका लागि उनीहरु निकै महत्वपूर्ण रहेको राष्ट्रसंघले जनाएको छ । गम्भीर गरिबीमा रहेका मध्ये ७६ प्रतिशत मानिसको बसोबास ग्रामीण क्षेत्रमा छ ।
ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब महिलाले उत्पादनमुलक कुषिमा महत्वपूर्ण योगदान गर्ने भएकाले उनीहरुको अवस्था सुधारका लागि सबै एकभएर लाग्नु पर्नेमा राष्ट्रसंघले जोड दिएको छ । कार्यक्रममा पदमपोखरी कल्याणटारका महिलाहरुले र्यालीमा सहभागी भई र्याली पछिको कोण सभामा पनि उत्साहजनक रुपमा उपस्थिति जनाएका थिए । 
-शुभलक्ष्मी विक/हेटौंडा