nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

“दोस्रो थाहानगर वडा स्तरिय भलिबल प्रतियोगिता २०७६” हुने, टिम दर्ता सुरु

मकवानपुरको थाहा नगरपालिकामा “दोस्रो थाहानगर वडा स्तरिय भलिबल प्रतियोगिता २०७६” हुने भएको छ । हिमाली डाँफे युवा क्लबको आयोजनामा यहि मिति २०७६ फागुन ५ गतेदेखि ९ गते सम्म प्रतियोगिता हुने भएको आयोजक टिमका सचिब जितेन्द्र मगरले जानकारी दिए ।
थाहा नगरपालिका वडा नं १० स्थित क्लबको खेल मैदानमा हुने प्रतियोगिताको लागि अहिले टिम दर्ताको कार्य सुरु भएको छ । प्रतियोगितामा सहभागिताको लागि ३ हजार १ रुपैयाँ तिरेर टिम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । सहभागि हुन चाहने टिमले फागुन ४ गते ५ बजे सम्म टिम दर्ता गर्न सक्नेछन्  । वडा स्तरिय प्रतियोगितामा आफ्नो वडाभित्रका खेलाडीहरु मत्र सहभागि हुन पाउने, टिम दर्ता गर्दा खेलाडीको नागरिकता, जन्मदर्ता वा सरकारी परिचय खुल्ने कागजपत्र आवश्यक पर्ने, दर्ता गर्दा खेलाडीहरुको अन्तिम नामावली दिनुपर्ने लगायतका विषयमा समेत ध्यान दिन आयोजकले टिम दर्ता गर्नेहरुलाई अनुरोध गरेका छन् ।
वि.सं. २०५६ सालमा स्थापना भएको हिमाली डाँफे युवा क्लबले गतवर्ष देखि खेलकुद तथा सामाजिक विकासमा उत्कृष्ट कार्य गर्ने योजना सहित अघि बढिरहेको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।