Tuesday, 29th September, 2026
वि.स.

मलेसियामा कामदारको न्यूनतम तलब ३१ सय रिंगेट पुर्‍याउन मलेसियन ट्रेड्स युनियन कांग्रेसको माग

1650400111malaysia-1790573692.jpg

मलेसियन ट्रेड्स युनियन कांग्रेस (एमटियुसी)ले आगामी आर्थिक वर्षको बजेटमार्फत कामदारको न्यूनतम तलब बढाएर मासिक ३१ सय रिंगेट पुर्‍याउन सरकारसँग माग गरेको छ ।

एमटियुसीले हाल कामदारले प्राप्त गरिरहेको तलब उनीहरूको उत्पादकत्व तथा कम्पनीहरूले आर्जन गरिरहेको नाफाको वृद्धिसँग पर्याप्त रूपमा तालमेल हुन नसकेको जनाएको छ । कामदारको जीवनयापन लागत तथा श्रमको योगदानलाई ध्यानमा राख्दै न्यूनतम तलब पुनरावलोकन गर्नुपर्ने उसको माग छ ।

एमटियुसीका महासचिव कमरुल बहारिन मन्सोरले सरकारले आगामी बजेटमार्फत तलब वृद्धि गर्न आवश्यक कदम चाल्नुपर्ने बताएका छन् ।

उनले निजी क्षेत्रलाई राम्रो पारिश्रमिक दिन प्रोत्साहित गर्नुअघि सरकारसँग सम्बन्धित कम्पनीहरू  तथा सरकारसँग सम्बन्धित लगानी कम्पनीहरूले आफ्ना कामदारलाई राम्रो तलब उपलब्ध गराएर उदाहरण प्रस्तुत गर्नुपर्ने धारणा राखेका छन् ।

एमटियुसीको यो माग कार्यान्वयन भएमा मलेसियामा कार्यरत नेपालीसहित विभिन्न देशका श्रमिकको पारिश्रमिकमा समेत प्रभाव पर्न सक्नेछ ।

मलेसियामा कार्यरत विदेशी श्रमिकको ठुलो हिस्सा नेपाली रहेको अवस्थामा मलेसिया सरकारले ल्याउने आगामी बजेटमा सबै चासो बढेको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif