nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 16th April, 2024
वि.स.
1000043965-1707579226.jpg

“इन्द्रसरोवर रनिङ शिल्ड” को सोमबार सेमिफाइनल हुने

30763003_1620154428081585-1524384329.jpg

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद“ भन्ने नारा सहित ईन्द्रसरोवर गाँउपालिकाको आर्थिक सहयोग र ईन्द्रसरोवर यूवा तथा खेलकुद विकास समितिको आयोजनामा भैरहेको प्रथम गाँउ पालिका स्तरीय  फुटबल प्रतियोगिताको शनिबार क्वाटर फाइनल सम्पन्न भएको छ । 
शनिबार भएको क्वाटर फाइनल खेलमा ४ वटा खेलहरु सम्पन्न भएको छ । पहिलो खेलमा नव लालिमा युवा क्लबले ५ गोल र नाटेश्वरी युवा क्लबले ६ गोल प्राप्त गरेको छ । दोस्रो खेलमा देउराली सेवा समाजले १ गोल र ग्याङ्ग स्टार क्लबले शुन्य गोल हात परेको छ । तेस्रो खेलमा कुलेखानी फुटबल क्लब बि ले ५ गोल र कुलेखानी फुटबल क्लब ए ले ४ गोल प्राप्त गरेका छ्न साथै चौथो खेलमा लिटिल स्टार युवा क्लबले २ गोल र सानो मार्खु युवा क्लबले १ गोल प्राप्त गरेको भएको समितिका सदस्य बिवस स्याङ्तानले बताए ।

बुधबार बैशाख ५ गतेबाट सुरु भएको “इन्द्रसरोवर रनिङ शिल्ड” प्रतियोगिता ईन्द्रसरोवर गाउपालिका वडा नं २ कुलेखानीको हेबी स्थित खेल मैदानमा सञ्चालन भैरहेको छ । गाउँपालिका स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा गाउँपालिका भित्रका खेलाडीहरुको १० वटा टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । सोमबार सेमिफाइनलको खेल हुने आयोजकले बताएको छ ।
प्रतियोगिताको बिजेता टिमले ५० हजार रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता टिमले २० हजार रुपैयाँ तथा तेस्रो हुने टिमले नगद १० हजार रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै प्रतियोगिताको उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी तथा सर्वा्िधक गोलकर्तालाई शिल्ड, मेडल सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।