nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

‘विनयबाबु स्मृति’ भलिबलको उपाधि प्रतिनीधि टिमलाई

थाहानगर स्तरीय ‘विनयबाबु स्मृति’ अन्तर क्लब रनिङ शिल्ड भलिबल प्रतियोगितको उपाधि थाहा नगरपालिका वडा नम्बर १ प्रतिनिधि टिमले हात पारेको छ । प्रतिनिधि टिमले आयोजक विनयबाबु स्मृति प्रतिष्ठान ‘ए’ लाई पछि पार्दै जित हासिल गरेको हो । 

प्रतियोगितामा आख्रा खेलकुद विकास समितिलाई पछि पार्दै अयोजक विनयबाबु स्मृति प्रतिष्ठान ‘बि’ तेस्रो भएको छ । प्रतियोगिताको विजेता, उप विजेता तथा तेस्रो भएका टिमले क्रमशः नगद ४० हजार, २० हजार र १० हजार रुपियाँ नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।  

१४ टिमको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट खेलाडी वडा नम्बर १ प्रतिनीधि टिमका बलराम सुवेदि घोषित भए । उनले वेष्ट कप सहित नगद दुई हजार रुपियाँ तथा बेष्ट ब्लकर किरण गिरी, वेष्ट स्पाइक कुशल लो, वेष्ट डिफेन्स कुमार के.सी. र वेष्ट लिफ्टर राजकुमार कर्माचार्य घोषित भए । उनीहरुले एक÷एक हजार रुपियाँ पुरस्कार पाएका छन् ।

थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको विशेष आतिथ्य नगर उपप्रमुख खड्ग बहादुर गोपालीको रहेको थियो ।  विनयबाबु स्मृति प्रतिठानका अध्यक्ष विजयबाबु बस्नेतको सभाध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष हेरमान गोपाली, २ नम्बर अध्यक्ष गुप्त बहादुर कार्की तथा वडा सदस्यहरु, संघ संस्थाका प्रमुख एवं प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।