nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

‘पुरानो डङ्गा’को युनिट हेटौंडामा

मंसिर १० गतेबाट देशभर प्रदर्शन हुन लागेको नेपाली कथानक ‘पुरानो डङ्गा’को युनिट हेटौंडा पुगेको छ । चलचित्रको प्रचार प्रसारको लागि पूर्वका शहरको भ्रमण पश्चात कलाकार तथा निर्माताको टोली हेटौँडा पुगेको हो । २७ कात्तिकमा हेटौँडाको नारायणी मलमा रहेको एनएस सिनेमामा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक रामबाबु गुरुङले चलचित्र राम्रो बनेको बताए । कवड्डी तथा कबड्डी बनाएर चर्चामा आएको यो उनको तेस्रो चलचित्र हो । यस अघि बनाएका चलचित्रमा कमी कमजोरी भएपनि यसमा आफूले सुधार गरेको बताए । कास्कीमा रहेको बेगनास तालमा डुंगा चलाएर जिविकोपार्जन गर्ने दाजुभाईको कथा यस चलचित्रको मुख्य कथाबस्तु रहेको गुरुङले जानकारी लिए ।

चलचित्रले तालमा डुङ्गा चलाएर परिवार पाल्दै आएपनि दाजुभाईबिचको उत्तारचढावको विषयलाई प्रमुख बनाईएको उनको भनाई छ । चलचित्रका कलाकार दयाहाङ राईले चलचित्र राम्रो रहेको बताए । यसले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने पनि बताए । कार्यक्रममा चलचित्रकी नायीका प्रियङका कार्की, निर्माता रौनक विक्रम कँडेल, मणीराज पोख्रेललगायत सहभागि थिए ।

१ करोड १० लाखमा निर्माण भएको चलचित्र नेपालको ८५ प्रतिशत हलहरुमा प्रर्दशन हुने चलचित्र युनिटले जानकारी दिएको छ । सिनेमा आर्ट र माओत्से गुरुङ फिल्मको प्रस्तुती रहेको चलचित्रमा राई र कार्की सँगै माओत्से गुरुङ, मेनुका प्रधान, बुद्धि तामाङ, पुष्कर गुरुङ, धनबहादुर गुरुङ, सजन थापा, नौजङ गुरुङ, बिश्वास गुरुङ, पुर्णिमा गुरुङको अभिनय रहेको छ भने संगित कालिप्रसाद बास्कोटाको रहेको छ ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)