nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

‘निष्ठुरी मायालु’ले गीतालाई बनायो वर्षको उत्कृष्ट मोडल (हेर्नुहोस भिडियो सहित)

अभिनयको जीवन यात्रामा गीता राईले २०० भन्दा बढी म्यूजिक भिडियोमा मोडेलिङ गरिन्, र, पछिल्लो पटक वर्षको उत्कृष्ट लोकदोहोरी मोडल बनायो ‘निष्ठुरी मायालु’ले । यसवर्ष राष्ट्रिय नाचघरमा आयोजित म्युजिक खबर म्युजिक अवार्ड घोषणा कार्यक्रममा उनले वर्षको सर्वाेत्कृष्ट म्यूजिक भिडियो मोडलको अवार्ड जितिन् । 

उक्त अवार्डका लागि राईसँगै अञ्जली अधिकारी (मायाको पोको), पार्वती राई (डाँडैमा विजुली), पूर्णिमा श्रेष्ठ (झिने चुरा) र रश्मी तामाङ (आज गाउँमा) गरी ५ जना मोडलहरु मनोनयनमा परेका थिए । कार्यक्रममा ३४ विधामा अवार्ड प्रदान गरिएको थियो । 
 

को हुन् गीता राई ? 
०३६ साल असोज ११ गते पिता सुनिल राई र माता कुमारी राईको कोखबाट जन्मेकी गीता राई सानै देखि नृत्य भनेपछि हुरुक्कै हुन्थिन् । र, उनलाई समयले बनायो पनि एक उत्कृष्ट नृत्याङ्ना । नृत्ययात्राको क्रममा हालसम्म उनले २०० भन्दा भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । तीमध्ये झिमझिम सानु नझिम्क्याउ परेली, चाहियो जागिर, निष्ठुरी मायालु, छाडी जाने निष्ठुरी, उनकै सम्झनामा, तिते करेली, पछ्यौरी लेउ बैना आदि चर्चित छन् । 
कौडा, सालैज्यो, झ्याउरे, नेवारी, सेलो, लगायत नेपाली मौलिक नृत्यहरूमा पारङ्गत गीता अभिनयकै  शिलशिलामा हङ्कङ, जापान, बेल्जियम, अस्ट्रेलिया, क्यानडा, सिङ्गापुर लगायत धेरै देश पुगिसकेकी छिन् । संलग्नताको हिसावले भने उनी नेपाल प्रहरीको साँस्कृतिक विभागमा छिन् । 
आफूलाई भद्धा रुपमा भन्दा सभ्य तरिकाले प्रस्तुत गर्नुपर्छ भन्ने मान्यता राख्ने गीता समाजले कलाकारबाट धेरै सिको गर्ने भएकाले कलाकार सभ्य र शालीन हुनुपर्ने तर्क राख्छिन् । भन्छिन्, ‘हामी समाज अनुसार चल्न सक्नुपर्छ ।’
 

अनि ‘निष्ठुरी मायालु’ 
“पागल भाछु ऐले
धोका दियो निष्ठुरी मायालु हाँस्नै बिर्सेँ मैले”

मकवानपुरे लोक गायक तथा सर्जक बुद्धिमान घिसिङको लय र शब्द रहेको लोकदोहोरी एल्बम ‘निष्ठुरी मायालु’ । घिसिङ र चर्चित गायिका मुना थापाको स्वर रहेको एल्बममा चर्चित मोडल गीता राई र गायक स्वयम्को अभिनय रहेको छ । एल्बमको छायाँकन राजेश घिमिरेले गरेका हुन् भने प्रेम थापाको निर्देशन र बिन्ध्यबासिनी म्युजिक प्रालिको उत्पादनमा सो एल्बम बजारमा आएको थियो ।

हेर्नुहोस भिडियो :

 


 




https://www.youtube.com/watch?v=7b9J8xYZhcc