nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

‘तपाईंको नाम इतिहासको पानामा सुनौलो अक्षरले लेखिने छ’ 
बाबु छत्कुली

babuu-1592011088.jpg

सम्माननीय प्रधानमन्त्री ज्यू, तपाईंले अदम्य साहस जोश जागर दृष्टिकोण हेर्दै र देख्दै गर्दा आफू युवा भएकोमा ग्लानीबोध हुन थालेको छ । यस्तो जोश दृष्टिकोण साहस कहाँबाट आउँछ सोचमग्न हुन थालेको छु । इतिहासमा राजा महेन्द्रले समेत गर्न नसक्नु भएको काम तपाइले आज सर्वसम्मतिले संविधान संशोधन मार्फत नेपालको वर्षौदेखि अतिक्रमित भुभाग फिर्ता गर्ने र निसान चिन्ह परिवर्तन गरेर वास्तबमा नै सार्वभौमसत्ता सम्पन्न नेपाली जनता कहिकतै कुनै कारणबाट पनि पछि छैनन भन्ने कुरामा स्पष्ट बनाइदिनु भएको छ । 

यस्को लागि एक आम नेपाली तथा तपाइको पार्टिको कार्यकर्ताको नाताले हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु । हुन त अप्ठ्यारोमा नै राजनेताको वास्तविक परीक्षा हुने गर्दछ । यस्तै कठिन परीक्षा भुकम्पले थिलथिलो भएको नेपाली समाजलाइ नाकाबन्दीको क्रुर उपहार मोदी सरकारले टक्राइदिदाँ कैयौ अभाबता दुःख कष्ट पीडा सहेर बस्ने र हरेक दुःखसंग लड्न सिकाउने हिंड्न सिकाउन अभिप्रेरित गर्ने सम्माननिय प्रधानमन्त्री ज्यु नै हुनुहुन्छ । हरेक दुःखको क्षणमा जनतासंग रम्दै जनतालाई आत्मनिर्भरताको पाठ पढाउदै अभिप्रेरित गर्दै स्वाभिमानी जग खडा गरिदिने प्रधानमन्त्री ज्युलाई अन्तहृदयदेखिको सम्मान पनि छ । “हामी काली तरेर उनिहरुको भुभाग खोस्न गएको होइनौ उनिहरु हाम्रो सिमाना मिच्दै आएर हैकम जमाएका हुन । राष्ट्रको भुगोल सानो होस या ठूलो तर सार्बभौमसत्ता र स्वाभिमान सबैको बराबर हुन्छ । 

इतिहासले गरेको गल्ती हामीले नसुधारेर उक्त गल्ती दोहोर्याउने पक्षमा म छैन“ के पि शर्मा ओली यति उदागरले नै पुष्टि गर्छ । वास्तविक राष्ट्रवादी को हुन देखावटी राष्ट्रवादको मन्त्र जप्यो भन्नेहरुलाइ आज संविधान संशोधन सर्वसम्मतीले पारित गर्न सफल प्रधानमन्त्री ज्युको नाम नेपालको इतिहासमा स्वर्णिम अक्षरले लेखिनेछ युग–युगमा पुस्तौ पुस्तामा स्मरणीय नाम रहिरहनेछ ।