nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

‘कल्चर’ को शुभ मुहर्त बैशाख २६ मा

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेर कला क्षेत्रलाई विकास गर्दै आईरहेको थाहा कला केन्द्रले चलचित्र निर्माण गर्ने भएको छ । ‘कल्चर’ नमङ्कन गरिएको चललिचत्रको छायाङ्कन भने बैशाख २६ बाट हुने निर्माण पक्षले जनाएको छ । लाभा मिडिया प्रा।लि।बाट थाहा कला केन्द्रको प्रस्तुतीको रुपमा रहेको चलचित्र कल्चरलाई थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले निर्देशन गर्दैछन् । चलचित्र निर्माणको लागि सम्पूर्ण तयारी सकिसकेकोले अब २६ बैशाखबाट छायाँङ्कन सुरु गर्न लागेको निर्देशक तथा कला केन्द्रका अध्यक्ष मुक्तानले शान्तिपुर दौनिकलाई जानकारी दिए । उनका अनुसार थाहा नगरपालिकाको रमणीय ठाउँ भाङखोरिया ९कोटथुम्की० बाट चलचित्रको छायाँङ्कन सुरु हुनेछ । त्यसैगरि मकवानपुरको थाहा नगरपालिका, हटौंडा लगायत काठमाडौंको विभिन्न स्थानमा कल्चरको छायाँङ्कन हुने निर्माण पक्षले जानकारी दिएको छ । 
    उत्कृष्ट कथा लेखन सहित समाजको कथा व्यथलाई यथार्थमा उतारी समाजमा सकारात्मक विकास, सामाजिक चेतना वृद्धि हुने खालको चलचित्र निर्माण गर्दा लागेकोले दर्शकको मायाँ पाउनेमा निर्माण पक्ष ढुक्क छ । साथै समाजको कुना–कुनामा सबैको पहुच पुग्ने गरि चलचित्रलाई प्रदर्शन गरिने जनाएको छ । चलचित्रमा रिता मगरले असिसटेन्ट डाईरेक्टर भूमिका निर्वाह गर्र्दैछिन् । यसैगरि साँगीतिक पाटोको भूमिका भने मुक्तिनाथ उप्रेती र विवेक पाख्रिनले गर्दौछन् । करिब १ महिनामा सक्ने गरि छायाँङ्कन सुरु गर्ने जनाएको छ । विना मुक्तान, विनित रायमाझी, मुना लामा, शान्ति घले, शान्ति सिन्तान, मनोज तितुङ, शार्मिला स्याङ्तान, उर्मिला स्याङ्तान लगायत कलाकारको अभिनय रहने चलचित्रमा श्याम गौतमले छायाँङ्कन गर्न लागेका हुन् । चलचित्रलाइ सुनौलो बिहानी युवाक्लबको, साथ र सर्वनाम थिएटरका सगुन तामाङ्ग्को विशेष सहयोग रहनेछ ।
 



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।