nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

‘कल्चर’को शुभमुहर्त  
कल्चर थाहाको गहना : उप प्रमुख गोपाली 

20180509_132320-1525938865.jpg

 

  थाहा केन्द्रको पहिलो नेपाली कथानक चलचित्र परिवर्तित मनको सम्बाहक कल्चर को शुभ मुहर्त गरिएको छ ।  बुधवार थाहा नगरपालिका २ को रमाणीय स्थान भाईखोरियामा कल्चरको शुभमुहर्त गरिएको हो ।

थाहा नगरपालिकाका उप प्रमुख खड्ग गोपालीको प्रमुख आतिथ्यता तथा थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानको सभाध्यक्षतामा शुभमुहर्त भएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा उपप्रमुख गोपालीले सकारात्मक सोचले अगाडी बढे अवश्य सफलता हासिल गर्न सकिने भएको भन्दै कला केन्द्रले पक्कै पनि सफलता पाउने बताए । कला क्षेत्रलाई अगाडी बढार पर्यटन, कला संस्कृतिलाई थाहा कला केन्द्रले नेपाल भर फैलाउनेमा आफू विश्वस्त रहेको बताए  । साथै उनले कला सस्कृतिलाई जगेर्ना गर्नु पर्ने भन्दै कल्चर थाहा नगरकै गहना भएको बताए । व्यक्तिगत तथा थाहा नगरबाट पनि सकेको सहयोग हुने बताए । 

थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले चलचित्रको बारेमा जानकारी गराउदै समाजमा घट्ने सामाजिक घटनाहरुको निमूल पार्नमा नेपाली कथानक चलचित्र परिवर्तित मनको सम्बाहक ‘कल्चर’ले सहयोग गर्ने बताए । समाजमा व्याप्त रहेको आत्म हत्या जस्तो घाटनाहरुलाई कम पार्नमा कल्चरले सहयोग गर्ने मुक्तानले बताए ।    त्यसैगरि चलचित्र सन्देशमूलक, समाज परिवर्तनको लागि समर्पित भएर बन्ने भएकोले यसमो सबैको साथ आवश्य हुने भन्दै आ– आफ्नो स्थानबाट सबैको साथ पाएमा आफू र आफ्नो टिम अगाडी बढ्न सकिने बताए । दशै सम्ममा कल्चर प्रदर्शन गर्ने तयारी रहेको समेत उनले जानकारी गराए । कार्यक्रका अतिथिहरुले कला केन्द्रको पहिलो चलचित्रको सफलताको कामना सहित शुभकामना व्यक्त गरेका निए । कार्यक्रममा सामाजिक व्यक्तित्व, स्थानीय, पत्ररकार लगायतको उपस्थिती रहेको थियो । 


    लाबा मिडिया प्रा.लि.बाट थाहा कला केन्द्रको प्रस्तुतीको रुपमा रहेको चलचित्र कल्चरलाई थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले निर्देशन गर्दैछन् । त्यसैगरि मकवानपुरको थाहा नगरपालिका, हटौंडा लगायत काठमाडौंको विभिन्न स्थानमा कल्चरको छायाँङ्कन हुने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रमा रिता मगरले असिसटेन्ट डाईरेक्टर भूमिका निर्वाह गर्र्दैछिन् । यसैगरि साँगीतिक पाटोको भूमिका भने मुक्तिनाथ उप्रेती र विवेक पाख्रिनले गर्दौछन् । चलचित्रलाइ सुनौलो बिहानी युवाक्लबको, साथ र सर्वनाम थिएटरका सगुन तामाङ्ग्को विशेष सहयोग रहनेछ ।



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।