nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

९५ किलो गाँजा सहित दुईजना मकवानपुरमा पक्राउ

मकवानपुर प्रहरीले हेटौंडाको रातोमाटेबाट ५ पुसमा अबैध लागुऔषध ९५ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । 

सर्लाही हरिवन नगरपालिका–४ का २८ बर्षिय महेश आले मगर र ३८ बर्षिय राजकिशोर चौधरीलाई प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको हो । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना५ख ९३३२ नम्बरको ट्रक रातोमाटेमा चेकजाँच गर्दा लुकाई ल्याएको ९५ किलो ४ सय ग्राम गाँजा बरामद गरेको मकवानपुरका प्रहरी उपरीक्षक बसन्तकुमार लामाले बताए । 

ट्रकमा ९ वटा प्याकेट बनाई लुकाएको प्रहरीको भनाई छ । गाँजा बरामद भएको ट्रकसहित दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)