nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

२९ साउनको बाइरोड यात्रा(फोटो फिचर)

विहान भीमफेदी, पालुङ कतै पनि गाडी नचलेको हल्ला थियो । त्यसैले विहान हेटौंडाबाट नारायाणी र थाहा यातायात दुबैले यो रुटमा गाडी पठाएन । ९ः३० तिर काठमाण्डौबाट छुटेको नाइट बसहरु हेटौंडा हुँदै हुईकिएको देखेपछि पालुङ रुटको एकजना बस चालकले बस चलाउने हिम्मत गरे । र, १०ः१५ बजे बस बाइरोडतिर उकालो लाग्यो ।
भैंसेको बाघझोरामा गाडीहरु पालो कुरेर बसेका थिए । उर्लँदो भेलमा गाडी पास हुन्छ कि भेलले गाडीलाई तान्छ, चिन्ता त्यही थियो । 

 झण्डै त्रिशुली जस्तै । उर्लँदै गरेको भैंसे खोला कम्ति थिएन ।गर्जनसहित सुसाउँदै वारपार हुँदै थियो ।


भैंसे खोलाकै सानुटार नजिक देखियो यस्तो दृश्य । आधा पुल शायद पहिले नै बाढीले लगिसकेको थियो । 


कमजोर बन्दैछ त्रिखण्डी मन्दिरको जग । 


बाटोको दायाँबायाँ अनगिन्ति पहिरो छन् । तिलटार नजिकैको आधामार भन्ने ठाउँमा त झन सडकमै पहिरो । फेरि चिन्ता, कति बेर कुर्ने वा अब के गर्ने ?


आधा घण्टापछि धन्न, सडक विभागको डोजर पुग्यो । उसको झण्डै एक घण्टाको प्रयास सफल भयो र फेरि अघि बढ्यो यात्रा ।


बाटामा पहिरोको उस्तै सन्त्रास । बारीका कान्ला भासिएर सडकमै आइपुगेको छ । १२ घुम्तीमा ग्याविङ भासिएर माथ्लो सडक तल्लो सडकमा पुगेको छ । र, पनि रोकिएको थिएन यात्रा । तर, अर्को झट्का लाग्यो जब पुगियो उर्लेनीमा । 


झण्डै ४ घण्टा लगातार सडक विभागको दुईटा डोजर त्यो भयानक पहिरोसँग जुधिरह्यो । 


अन्त्यमा सडकको भित्तापट्टी सानो गाडी छिर्नेसम्मको सफलता मिलायो डोजरले । बस छोडेर मोटरसाइकलमा लिफ्ट मागेर बढाइयो पालुङतर्फको यात्रा ।


उर्लेनी यता दर्जनौं ठाउँमा पहिरो गएको छन् तर सवारीलाई अवरोध छैन । 


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)