nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

१ सय ७९ कर्मचारीले दिए एकैपटक स्वेच्छिक अवकासको आवेदन

मकवानपुरमा १ सय ७९ जना निजामती कर्मचारीले स्वेच्छिक अवकासका लागि आवेदन दिएका छन । संघीयताको कार्यान्वयसँगै सरकारी कर्मचारी व्यबस्थापनको लागि सामान्य प्रशासन मन्त्रालयले समायोजनामा जान नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाशका लागि गत पुस २८ गते ४५ दिने सूचना जारी गरेको थियो ।

स्थानीय तह, प्रदेश र संघको समायोजनमा जान नचाहने कर्मचारीलाई अवकास लिन सरकारले दिएको समय आईवारसम्ममा १ सय ७९ जनाले निवेदन दिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खड्काले जानकारी दिनुभयो ।

स्वेच्छिक अबकास आवेदन दिनेहरुमा राजपत्रांकित द्धितीय श्रेणी ४ जना रहेका छन । जस मध्ये ३ जना शिक्षाका रहेका छन भने, एक जना बोटिनी रहेको छ । त्यस्तै राजपत्रांकित तृतीय श्रेणीका ३३ जना रहेका छन । जसमा १९ जना प्रविधिक रहेका छन भने ५ जना लेखा र ९ जना प्रशासन सेवाका कर्मचारी रहेका छन ।

खड्काका अनुसार अवकासका लागि आवेदन दिनेशरुमा राजपत्र अनङंकित प्रथम श्रेणीका ५२ जना रहेका छन । जसमा प्रविधिक ३५ जना, लेखाका ४ जना र प्रशासनका १३ जना रहेका छन । त्यस्तै अवकासका लागि आवेदन दिनेहरुमा राजपत्र अनङंकित द्धितीय श्रेणीका २४ जना रहेका छन । जसमा प्रविधिक १६ जना, लेखा १ जना र प्रशासनका ७ जना रहेका छन् भने राजपत्रअंकित तृतीय श्रेणीका १ जना रहेका छन ।

श्रेणी विहिन कार्यालय सहयोगी, हुलाकि, हल्कारा तथा हलका सवारी चालक ६२ कर्मचारीले स्वेच्छिक अवकासको लागि आवेदन दिएको सहायक प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभयो ।

सरकारी अवकाश योजनामा सामेल भएर अवकास पाउने कर्मचारीले ७ वर्षको तलब बराबर एकमुष्ट रकम पाउने छन् ।

पुष्पराज अधिकारी/ हेटौंडा 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)