nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

१ कार्तिकबाट थाहानगर स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता हुने

vvvvvvvvvvv-1508207098.jpg

स्वर्गीय विनयबाबु बस्नेतको स्मृतिमा आगामी १ कार्तिक  गतेदेखि  थाहानगर स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता हुने भएको छ । विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले पालुङको फाँटबजार चौरमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।  २०६३ सालदेखि  सशस्त्र प्रहरी बलमा कार्यरत विनयवाबु बस्नेतको २०७३ साल फागुन १६ गते बारा जिल्लाको पथलैया सडक खण्डमा मोटर साईकल दुर्घटनामा परी मृत्यु भएको थियो । 

थाहा नगरपालिका–२ देउराली घर भएका स्वर्गीय विनयबाबु बस्नेत सानै उमेरदेखि भलिबल खेलमा रुची राख्थे । आफ्नो जीवनकालमा विभिन्न क्लवहरुमा आवद्ध भई भलिबल खेलमा सक्रिय भएकोले उनको स्मृतिमा विनयबाबु बस्नेत स्मृति प्रतिष्ठान स्थापना गरी भलिवलको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष तथा स्वर्गीय बस्नेतका दाजु विजयबाबु वस्नेतले बताए ।    

बस्नेतको स्मृतिमा हरेक बर्ष थाहा नगरस्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको आयोजना गरिने प्रतिष्ठानका सदस्य शंकर कार्कीले बताए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)