nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडामा भएको अन्तर सहकारी फुटसलको उपाधि प्रतिफललाई

SPP-1505214246.jpg

हेटौंडामा भएको अन्तर सहकारी फुटसल प्रतियोगिताको उपाधि प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जितेको छ । २७ भाद्रमा भएको फाइनल खेलमा साईराम बचत तथा ऋण सहकारीलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतिफलले उपाधि जितेको हो । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना एवम् रेडियो मकवानपुरको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगितामा निर्धारित समय गोलरहित बराबरी भएपछि थप गरिएको समयमा प्रतिफलले २ गोल गरेको हो ।

निर्माण उपभोक्ता सहकारी र प्रतिफल सहकारीकोबीचमा फाइनल खेल हुनुपर्नेमा निर्माणको बिरुद्धमा उजुरी परेपछि फाइनल खेल्नबाट बञ्चित भएको थियो । प्रतियोगिताको विजेता प्रतिफल सहकारीले नगद १५ हजार र उपविजेता भएको साईरामले १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसाभाको सन्दर्भमा पहिलो पटक मकवानपुरका अन्तर सहकारी फुटसल आयोजना भएको हो । प्रतियोगिताको विजेता उपविजेता टिमलाई असोज ८ गते हुने सहकारीको बार्षिक साधारणसभाको दिन पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई सहकारीका कोषाध्यक्ष ईश्वर पण्डित, व्यवस्थापक रमेश कोइराला र रेडियो मकवानपुरका स्टेशन संयोजक राममणि दाहालले शिल्ड प्रदान  गरेका थिए । प्रतियोगितामा जिल्लाका ९ सहकारीको सहभागिता रहेको थियो ।