nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडामा तोकियो अटोको भाडादर, थाहामा 'ध्वाँस' देखाउँदै व्यवशायी, स्थानीय सरकार हेरेको हेरेइ

Dadagiri001-1521438337.jpg

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा यात्रु बोक्ने अटो रिक्साको भाडादर तय भएको छ । व्यवसायीहरुले मनलाग्दी भाडा सर्वसाधारणसंग असुल्न थालेपछि हेटौंडा उपमहानगरपालिकाले हेटौंडाबाट विभिन्न रुटमा चल्ने अटो भाडादर निर्णय गरेको हो । स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार स्थानीय तहले अटो रिक्साको रुट र भाडादर निर्धारण गर्न सक्ने व्यवस्था छ । 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी उपमहानगरपालिकाका प्रमुख, प्रहरी उपरिक्षक जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधि र यातायात व्यवस्था सेवा कार्यालय साथै यातायात व्यवसायी संघ ,मजदुर संघ लगाएतका प्रतिनिधिहरुको आज बसेको संयुक्त बैठकले सवारी भाडादर निर्णय गरेको हो ।

अटो तथा विद्युतिय रिक्सा संचालन तथा व्यवस्थापनको लागि बसेको बैठकले यसअधि कायम भएको भाडादर कडाईका साथ कायम गर्ने ,बेलुका ९ बजेपछि र विहान ४ बजेसम्मको लागि दिउँसोको भन्दा २५ प्रतिशत भाडा बढी लिन पाउने, साथै उपमहानगरपालिकाको भाडादर सहितको स्टीकर उपलब्ध गराउने, सवारी साधनहरु उपमहानगरपालिकामा दर्ता भएरमात्र संचालनमा आउन पाउने, जस्ता निर्णयहरु भएका छन् ।
यसैबीच जिल्लाको थाहा नगरपालिकामा संचालनमा रहेको अटो रिक्साले भने अझै मनलाग्दी भाडा असुलीरहेको गुनासो आइरहेको छ । उनीहरुले स्थानीय तहको मौखिक अनुरोधलाई लत्याउँदै एकलौटी ढंगबाट सर्वसाधारणबाट महंगो भाडा असुलीरहेका छन् । यस विषयमा विकासखबर डटकमले पटक पटक समाचार फलोअप गरिरहेको छ । यद्यपी क्षमताभन्दा बढि यात्रु बोक्ने र मनपरी भाडा असुली रहेकाछन् । व्यवशायीहरुले ध्वाँस दिदै भन्ने गरेका छन्-'हामीलाई अरुले किन्देको हैन अटो ।'

र, यो पनि पढ्नुहोस्ः

यस्तो छ थाहानगरमा अटोको दादागिरी, भाडामा मनपरी

थाहानगरमा अटोको दादागिरी कायमै, झन क्षमताभन्दा बढि यात्रु बोक्न थाले

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)