nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडामा छठको रौनक शुरु

हेटौंडा–१० स्थित राप्ती तटमा छठ पूजाको शुरु भएको छ । हेटौंडामा ३ दशकअघि सुरु छठपूजामा तराई र पहाडी समुदाय एकसाथ सहभागी हुन्छन् । आइतबार सम्पन्न हुने पूजाका लागि अजयकुमार बानियाँको संयोजकत्वमा छठपूजा समारोह समिति गठन गरिएको छ । पूजाकै लागि सम्याइएको राप्ती तटमा ५० फिट चौडाइ, ४ सय ५० फिट लम्बाइको पण्डाल टाँगिएको छ ।

‘शनिबार बेलुकीसम्म विद्युत् लाइन जडान गरिन्छ,’ समिति संयोजक बानियाँले भने । आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिइने छठपर्व सोमबार बिहान उदाउँदो सूर्यको पूजा गरेपछि सम्पन्न हुन्छ । 

छठको व्रत बस्दा रोगव्याधि नलाग्ने र निस्सन्तानले सन्तान लाभ गर्ने धार्मिक विश्वास छ । पर्वकै अवसरमा यहाँका बुद्धचोक, पुलको मुख र राप्ती तटमा तीनवटा द्वार बनाइएका छन् । पूजामा ४० हजार बढी स्थानीय सहभागी हुने अनुमान छ ।