Sunday, 21st June, 2026
वि.स.

हेटौँडाका गेहेन्द्र दुई देशका राजदूत

gehendra-Rajbhandari1-1622691001.jpg

बेल्जियमको राजदूतको रुपमा रहेका हेटौँडा निवासी गेहेन्द्र राजभण्डारीलाई लक्जेमवर्गको समेत राजदूत नियुक्त गरिएको छ । 

१९ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि नेपालको आवासीय राजदूत रहेका  राजभण्डारीलाई लक्जेमवर्गको समेत राजदूत नियुक्त गरेकी हुन् । 

बेल्जियमका लागि नेपालको आवासीय राजदूत रहेका राजभण्डारी लक्जेमबर्गको लागि भने गैरआवासीय नेपाली राजदूत नियुक्त भएका हुन् । 

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राजभण्डारीलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले एक विज्ञप्तिमार्फत् जनाएका छन् । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०